नेभिगेशन
समाज

सुनसरीमा दुई पक्षबीच झडप: प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त, अनिश्चितकालिन कर्फ्यू जारी

काठमाडौँ । सुनसरीका केही स्थानमा कर्फ्यू र निषेधाज्ञा जारी गरिएको छ । 

दुई समूहबीचको विवाद र झडपका कारण सुनसरीको कप्तानगन्ज तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले विहान ७ बजेदेखि लागु हुनेगरी हरिनगरा, भुटाहा, कप्तानगंज, घुस्की, देवानगंज बजार क्षेत्रमा अनिश्चितकालिन कफ्यू आदेश जारी गरेको हो । यी क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी जिल्ला प्रशासन कार्यालयले नै हरिनगर र देवानगंज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । यी क्षेत्रमा ५ जनाभन्दा बढी मानिस भेला हुन पाउने छैन । 

Ncell
Extreme Energy

दुई समूहबीचको विवाद उग्र बनेपछि आइतबार रातिदेखि अवस्था नियन्त्रणबाहिर गएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । गोली लागेर घाइते भएकामध्ये देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याउनसाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका इन्स्पेक्टर प्रकाश पराजुलीले बताए । 

उनकाअनुसार बोलबम यात्राका लागि एउटा समूह डिजे बजाउँदै राति हिँडिरहेको र अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो । विवाद झडपमा परिणत भएपछि प्रहरीले सुरुमा लाठीचार्ज, अश्रुग्यास र हवाई प्रहार गरेको थियो भने पछि गोली नै चलाउनुपर्ने अवस्था बनेको थियो । 

घटनामा नेपाल प्रहरीका इन्स्पेक्टर राकेश राईसहित ८ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय देवानगन्जमा कार्यरत राईको टाउकोमा पाँच टाँका लगाइएको छ । अन्य सुरक्षाकर्मीको पनि उपचार भइरहेको छ । 

दुई समूहबीचको विवाद बढेर आगजनी र तोडफोड हुँदा कप्तानगन्ज एरिया तीन घण्टादेखि पूर्णरुपमा तनावग्रस्त बनेको प्रहरी निरीक्षक पराजुलीले बताए । सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा र आक्रमण भएको थियो । त्यस क्रममा सुरक्षाकर्मी घाइते भएका हुन् । गोली लागेकाबाहेक झडपमा परेर घाइते हुने स्थानीय पनि धेरै छन् । 

विवाद उग्र बनेर दुई पक्षबीच सुरु भएको झडप र आक्रमणले हिंसात्मक रुप लिन थालेपछि स्थानीयको घर र पसलहरुमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ । सवारीसाधनमा समेत आगजनी गरिएको छ । घटनास्थलमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । ठूलो संख्यामा रहेका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । 

जिल्लाभरका सुरक्षाकर्मीलाई कप्तानगन्ज केन्द्रित गरिएको छ । थप मद्दतका लागि विभिन्न स्थानबाट सुरक्षाकर्मी लैजाने क्रम जारी छ । 

curfew-1785115579.jpeg
nisedhagya-1785115603.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ ।
चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।