नेभिगेशन
समाज

सुनसरीमा कर्फ्यू कायमै, घटनास्थल पुग्दै गृहको छानबिन टोली

काठमाडौँ । दुई पक्षको झडपले उग्र रुप लिँदा हिंसात्मक बनेको सुनसरीमा सोमबारदेखि लागेको कर्फ्यू कायमै छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार विहानदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ । मंगलबार पनि कर्फ्यू जारी रहेको कार्यालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रशासन कार्यालयले सोमबार बेलुका अद्यावधिक सूचना जारी गर्दै राति ९ बजेदेखि अर्को सूचना नभएसम्मका लागि पूर्वमा इनरुवा नगरपालिका ३ र ६ नम्बरको सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल र उत्तर दक्षिणतिर महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यू आदेश जारी गरिएको छ । यो क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू जारी गरिएको सूचनामा उल्लेख छ । 

Ncell
Extreme Energy

आइतबार राति सुनसरीको कप्तानगन्जमा दुई पक्षबीचको झडप हिंसात्मक घटनामा परिणत भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो । कर्फ्यू जारी भएपछि सुनसरीमा सेना परिचालन समेत गरिएको छ ।  

छानबिन टोली घटनास्थल पुग्दै

घटनाको छानबिन गर्न गठित छानबिन समिति आज घटनास्थल पुग्दैछ ।

समितिका पदाधिकारी सोमबार राति नै सुनसरी पुगिसकेका छन् ।

उनीहरुले घाइतेसँग अस्पतालमै पुगेर घटनाबारे जानकारी लिएका छन् । 

घटनालगत्तै गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउनेगरी कार्यादेश दिइएको छ । 

साथै मन्त्री गुरुङले कोशी प्रदेशका डिआईजी र सुनसरीका सिडिओ र एसपीलाई समेत जिम्मेवारीबाट हटाएर नयाँलाई पठाएका छन् । 

756612833_2284169079060629_8712110805436468223_n-1785209116.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ ।
चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।