नेभिगेशन
समाज

चयनमुखी होइन वस्तुनिष्ठ अभियोजनको लक्ष्यसहित महान्यायाधिवक्ताले सार्वजनिक गरे चौथो पञ्चवर्षीय रणनीतिक योजना

फौजदारी न्यायको सुदृढीकरणका लागि पाँचवटा प्राथमिकता तय

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०८३/८४–२०८७/८८) सार्वजनिक गरेको छ । 

महान्यायाधिवक्ता कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधविक्ता डा नारायणदत्त कँडेलले सार्वजनिक गरेको चौथो पञ्चवर्षीय रणनीतिक योजना यही साउन १ गतेदेखि लागू भएको छ ।
      
‘फौजदारी न्यायको सुदृढीकरण’ भन्ने नारा रहेको उक्त योजनाको मुख्य पाँचवटा प्राथमिकता रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वस्तुनिष्ठ अभियोजन, प्रभावकारी प्रतिरक्षा, संवैधानिक तथा कानुनी जिम्मेवारी, सूचना प्रविधि र मानव संशाधन र भौतिक पूर्वाधार रहेको छ ।

Ncell
Extreme Energy

उक्त राणनीतिक योजनाको मूल्य कानुन तथा न्यायका मान्य विद्धान्तको पालना, जिम्मेवारी तथा उत्तरदायित्व बोध, पारदर्शी तथा प्रभावकारी सेवा प्रवाह, पेशागत निष्पक्षता, व्यावसायिक स्वतन्त्रता तथा दक्षता अभिवृद्धि, निरन्तर सिकाइ तथा प्रक्रियागत सुधार, मानव अधिकार संरक्षण, लैङ्गिक र कमजोर वर्गप्रति सम्वेदनशीलता र अपराध पीडित तथा साक्षी संरक्षण रहेको छ ।

narayan-kandel-1785211064.jpg
 

महान्यायाधिवक्ता डा कडेलले फौजदारी न्यायको अपराध पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था सुरु गरेको र अनुसन्धान सुरु गर्दा नै पीडितलाई राहत दिने व्यवस्था सुरु गरेको बताए ।

उनले सरकारी वकिलको क्षमता विस्तार गर्ने काम गरिरहेको जानकारी दिए ।

यस आर्थिक वर्षमा महान्यायाधिवक्ता कार्यालयले तीन हजार १९१ मुद्दामा निर्णय गरेको छ ।

mahanyadhibakta-narayan-1785211105.jpg
 

नायव महान्यायाविक्ता सञ्जीवराज रेग्मीले गत आर्थिक वर्षमा महान्यायाविक्ता कार्यालयले गरेको महत्त्वपूर्ण काममा बारेमा जानकारी दिँदै ४० हजारभन्दा मुद्दामा वार्षिक अभियोजन गरेको र दक्षिण एसियामा सबैभन्दा राम्रो अभियोजन गर्ने नेपाल रहेको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्‍यो पोलिसी डायलग

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमातहतको जल तथा ऊर्जा आयोगको सचिवालय(वेक्स)ले नीतिगत सम्वाद सुरु गरेको छ ।
चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

चोलेन्द्रलाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले जवाफ दिनुपर्छ– निरज आचार्य

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘सुरक्षा थ्रेट’ भन्दै मध्यरातमा नियन्त्रणमा लिएको घटनाबारे सरकारले नागरिकलाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।