नेभिगेशन
समाज

सदस्य राष्ट्रहरूको साझा चुनौतीहरू सामना गर्न बिमस्टेकमा सहकार्य आवश्यकः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले क्षेत्रीय सहकार्य, शान्ति, समृद्धि तथा दिगो विकास प्रवर्द्धनका लागि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) नेपालका लागि अत्यन्त महत्त्वपूर्ण क्षेत्रीय मञ्च रहेको उल्लेख गर्दै यसप्रति नेपालको दृढ प्रतिबद्धता पुनः व्यक्त गरेका छन् 

बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले मंगलबार परराष्ट्र मन्त्रालयमा गरेको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री खनालले सदस्य राष्ट्रहरूको आर्थिक रूपान्तरणलाई तीव्रता दिन तथा साझा क्षेत्रीय चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न बिमस्टेक अन्तर्गतका सबै सहकार्यका क्षेत्रमा अझ गहन, प्रभावकारी र परिणाममुखी सहकार्य आवश्यक रहेकोमा जोड दिए । उनले बिमस्टेकलाई अझ प्रभावकारी, परिणाममुखी तथा जनमुखी  क्षेत्रीय संगठनका रूपमा विकास गर्दै सदस्य राष्ट्रका नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने ठोस उपलब्धि सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परराष्ट्रमन्त्री खनालले बिमस्टेक चार्टरको कार्यान्वयनसहित संगठनको संस्थागत सुदृढीकरणका लागि भइरहेका प्रयासहरूको स्वागत गरे । उनले जनस्तरबीच सम्पर्क क्षेत्रको नेतृत्वकर्ता राष्ट्रका रूपमा नेपाल पर्यटन, संस्कृति तथा जनस्तरबीचको आदान–प्रदानमार्फत क्षेत्रीय सम्बन्धलाई अझ सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको पुनः दोहोर्याए । साथै, बिमस्टेकका साझा उद्देश्यहरूको प्रवर्द्धन तथा बंगालको खाडी क्षेत्रलाई अझ सुदृढ, समृद्ध र परस्पर आबद्ध क्षेत्रका रूपमा विकास गर्न नेपालले पूर्ण सहयोग र समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । 

Ncell
Extreme Energy

भेटवार्ताका क्रममा महासचिव महामहिम पाण्डेले बिमस्टेकलाई प्रभावकारी, परिणाममुखी तथा कार्यमुखी क्षेत्रीय संगठनका रूपमा सुदृढ बनाउने दिशामा भएका पछिल्ला प्रगति तथा जारी प्रयासबारे जानकारी गराए । उनले संस्थागत सुधार, बिमस्टेक चार्टर तथा बिमस्टेक भिजन दस्तावेजको कार्यान्वयनमा भएको प्रगति, साथै क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउन अघि बढाइएका प्राथमिकताप्राप्त पहलहरूबारे जानकारी दिए । 

महासचिव पाण्डेले बिमस्टेकका गतिविधिमा नेपालको सक्रिय सहभागिता तथा रचनात्मक योगदानको प्रशंसा गर्दै संगठनका साझा उद्देश्यहरू प्राप्त गर्न आगामी दिनमा पनि नेपालको निरन्तर सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । 

भेटवार्ताका क्रममा नेपाल र बिमस्टेक सचिवालयबीचको सहकार्यलाई थप सुदृढ बनाउने, क्षेत्रीय सहकार्यलाई अझ परिणाममुखी र जनमुखी बनाउने तथा सदस्य राष्ट्रका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने गरी संगठनका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो ।

नेपाल सन् २००४ देखि बिमस्टेकको सदस्य राष्ट्र हो । दक्षिण एशिया र दक्षिण–पूर्वी एशियाबीच बहुआयामिक प्राविधिक तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित बिमस्टेकमा नेपालसहित बंगलादेश, भूटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य राष्ट्र रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...
लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

समितिका सभापति डा कृष्णहरि बूढाथोकीले समितिको बैठकले कम्पनीको प्राथमिक शेयर (आइपिओ) निष्काशन अनुमति दिनुअघि उक्त कम्पनीको पुँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी...
सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो ।

भर्खरै