नेभिगेशन
सबै कुरा

गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गर्ने पक्राउ

काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडित किशोरी भन्दै तस्विर सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीया केशरमान राई रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक सञ्जालमा नाम, ठेगाना र तस्वीर सार्वजनिक गरी दुःख हैरानी तथा मानसिक आघात पुर्याएको भन्दै गौशला २६ ले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । उजुरीपश्चात अनुसन्धानको क्रममा संखुवासभाका राईले उक्त कार्य गरेको पाइएपछि निजलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए । 

Ncell
Extreme Energy

राई मंगलबार संखुवासभाबाट पक्राउ परेका थिए । उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतले ७ दिनको म्याद दिएको छ भने प्रहरीले विधुतीय कारोबार ऐन २०६३ अनतर्गत अनुसन्धान गरिरहेको छ । 

साथै सामाजिक सञ्जालमा गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक अन्य व्यक्तिहरुको खोजी भइरहको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री कर्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री कर्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्का पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरी दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको अडिसो सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानुनी...
९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।
वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो छोरी भनी किर्ते जन्मदर्ता गराई त्यसैका आधारमा नागरिकता र राहदानी लगायत सरकारी कागजात बनाइदिएको आरोपमा मुद्दा दायर भएको हो ।
ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं...