नेभिगेशन
समाज

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारका क्रममा नेता श्रेष्ठको निधन भएको हो ।

प्याङ्क्रियाजको क्यान्सरबाट पीडित श्रेष्ठको केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

Ncell
Extreme Energy

कांग्रेस सभापति गगनकुमार थापाले यही साउन ७ गते श्रेष्ठलाई वरिष्ठ नेता घोषणा गरेका थिए । श्रेष्ठले पार्टीमा गरेको योगदानअनुसार सम्मानसहित उनलाई वरिष्ठ नेता बनाइएको थापाको दाबी थियो।

श्रेष्ठ स्याङ्जाबाट पटक पटक सांसद निर्वाचित भएका थिए। उनी भौतिक योजना, वन, उद्योग, शिक्षालगायत मन्त्रीसमेत थिए। प्रतिबन्धित कालदेखि नै कांग्रेसमा सक्रिय श्रेष्ठ ५ वर्षभन्दा बढी जेल बसेका थिए ।

कांग्रेस विभाजनपछि शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकमा लागेका श्रेष्ठ उपसभापति बनेका थिए । देउवा जेल परेपछि श्रेष्ठ नै नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति बनेका थिए ।

२०६२/०६३ को आन्दोलनमा उनी नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यबाहक सभापति थिए ।

कांग्रेस एकतापछि उनी नेपाली कांग्रेसको उपसभापति बने ।

तर, पछिल्लो समयमा भने उनी देउवा निकट थिएनन् । गत पुसमा भएको विशेष महाधिवेशनमा उनी सहभागी भएका थिए र अब युवाहरुको नेतृत्व स्थापित हुनुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।