नेभिगेशन
समाज

यस्ता छन् निर्वाचन आयोगमा प्रस्तावित दुई आयुक्तले प्रस्तुत गरेका कार्ययोजना

काठमाडौँ । निर्वाचन आयोगका लागि प्रस्तावित दुई आयुक्तले संसदीय सुनुवाइ समितिसमक्ष कार्ययोजना प्रस्तुत गरेका छन् । 

सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समितिमा आयोगका प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले र डा राजीव सुब्बाले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेले निर्वाचन प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र जनताको अपेक्षा अनुरूप बनाउन एकीकृत निर्वाचन कानुनको निर्माण र कार्यान्वयन गर्ने योजना प्रस्तुत गरे । उनले स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि सूचना प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नवीनतम अवधारणाको प्रयोग गर्ने उल्लेख गरे । विदेशमा रहेका तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताहरूको मताधिकार सुनिश्चित गर्ने र निर्वाचनमा कुनै पनि उमेदवारलाई मत दिन्न भन्ने व्यवस्था राख्ने उनले जनाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै प्रस्तावित निर्वाचन आयुक्त डा. राजीब सुब्बाले निर्वाचनको विश्वसनीयता, पारदर्शिता तथा सूचना अखण्डताको सुदृढीकरण गर्ने धारणा राखे । समयसान्दर्भिक निर्वाचन कानुन तथा प्रणाली सुधारको आवश्यकता र आयोगको संस्थागत सुदृढीकरण तथा सुशासनमा आफूले ध्यान केन्द्रीत गर्ने उनले बताए । उनले कानुन निर्माण गरी डेटा प्रणालीहरूलाई एकीकृत गर्दा निर्वाचन आयोग थप आधुनिक, पारदर्शी बन्ने धारणा राखे । 

Ncell
Extreme Energy

बैठकमा समिति सदस्यहरुले निर्वाचन प्रणालीलाई थप पारदर्शी, व्यवस्थित, विश्वसनीय, मितव्ययी र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने योजनाका बारेमा चासो राखेका थिए ।

समिति सदस्य पद्मा अर्यालले निर्वाचनमा धाँधली भएका घटनामाथि छानविन हुन नसक्दा नजितामाथि प्रश्न उठ्ने बताइन् । उनले आयोगको लागि मुख्य चुनौती भनेकै निष्पक्ष निर्वाचन गराउनु भएको उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य वर्षमान पुनले विदेशमा रहेका लाखौँ नेपाली मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी गराउने योजनाका बारे प्रश्न गरेका थिए । 

समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइ बुधबार हुने जनाएको छ । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीसहित आयुक्तहरूमा वाग्ले र डा सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।