नेभिगेशन
समाज

कृषि मन्त्री  चौधरीले ल्याइन् ‘एएमपिआइएस नेपाल’ मोबाइल एप ,  १२ संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलमै

काठमाडौँ ।  कृषि, वन तथा पर्यावरण मन्त्रालयले  कृषि उपजको बजार मूल्य सहज, पारदर्शी र समयमै उपलब्ध गराउने उद्देश्यले ‘एएमपिआइएस नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । 

यस एपमार्फत अब देशभरका १२ वटा संघीय कृषि बजारमा दैनिक कारोबार हुने कृषि उपजको थोक मूल्य मोबाइलबाटै हेर्न सकिने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद्को २०८२ चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत रहेको “कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा एसएमएस तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पुर्‍याउने” कार्यक्रम कार्यान्वयनका लागि ‘एएमपिआइएस नेपाल’ ल्याइएको  कृषी मन्त्री गिता चौधरीले बताइन् । 

Ncell
Extreme Energy

मन्त्री चौधरीले कृषकलाई बिचौलियामा निर्भर हुन नपर्ने, बजारको वास्तविक मूल्य सहज रूपमा प्राप्त हुने तथा डिजिटल प्रविधिमार्फत कृषि बजारलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने सरकारको लक्ष्यअनुसार एप सञ्चालनमा ल्याइएको बताइन् । 

यसअघि कृषि विभागको वेबसाइटमार्फत उपलब्ध हुँदै आएको कृषि बजार मूल्य सूचना प्रणालीलाई थप स्तरोन्नति गर्दै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिसँगको समन्वयमा कालिमाटीसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १२ वटा संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलका लागि उपलब्ध ‘एएमपिआइएस नेपाल’ एप मार्फत पनि सार्वजनिक गर्न थालिएको हो।

उक्त एप २०८३ साउन ८ गतेदेखि एन्ड्रोइड प्रणाली भएका मोबाइल फोन मा प्रयोग गर्न सकिनेछ। विभागको वेबसाइटमा राखिएको द्रुत प्रतिक्रिया संकेत (क्यूआर कोड) स्क्यान गरेर पनि एप डाउनलोड तथा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यस एपमार्फत कृषक तथा सरोकारवालाले कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, बजारअनुसार मूल्य तुलना, मूल्यको प्रवृत्ति तथा कृषि मौसमी सल्लाह बुलेटिन सम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

मोबाइल एप वा कृषि बजार सूचना प्रणालीसम्बन्धी थप जानकारी आवश्यक परेमा कृषि विभागका तथ्यांक अधिकृत उर्मिला शाही (मोबाइल नं  ९८४१०२७४५०) लाई सम्पर्क गर्न सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।