नेभिगेशन
समाज

सुनसरी घटनापछि स्वास्थ्यमन्त्री मेहता विराटनगरमा,तीन अस्पतालमा रहेका घाइतेहरूसँग भेट

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मङ्गलबार विराटनगर पुगेकी छिन् । 

घटनालगत्तै मन्त्रालयले उपचार व्यवस्थापनमा सक्रियता बढाइरहेका बेला मन्त्री मेहताले स्वयं अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गरेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल,विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत जानकारी लिइएकी छिन् । उनले उपचारमा कुनै प्रकारको कमी हुन नदिन अस्पताल प्रशासनसँग छलफल गरेकी हुन् । 

Ncell
Extreme Energy

घाइते तथा उनीहरूका परिवारसँग भेटका क्रममा मन्त्री मेहताले सरकार पीडितहरूको उपचार र सुरक्षामा संवेदनशील रहेको बताउँदै आवश्य सहजीकरण गर्ने बताइन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै मन्त्रालयले सम्बन्धित अस्पताल,जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै घाइतेहरूको उपचार प्रभावकारी बनाउन आवश्यक पहल गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।