नेभिगेशन
समाज

सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्र्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सो कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गरेर घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइएको जनाउँदै घटनाको सत्य तथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अवलम्बन गर्नुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेसा गर्न गृह मन्त्रालयले समिति गठन गरेको जानकारी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विज्ञप्तिमा घटनमा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कडा कानुनी कारवाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जनाइएको छ । कार्यालयले नेपाली समाजले सदियौँदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खल्बल्याउने कार्य नगर्न सबैमा अपिल गरेको छ । 

Ncell
Extreme Energy

यस स्थितिमा मुलुकमा शान्ति सुव्यवस्था र सामाजिनक तथा धार्मिक सद्भाव कायम राख्नका लागि सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक सङ्घ संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण जनसमुदायमा अपिल गरिएको छ ।

759149941_968133179585057_7629456476949343871_n-1785253509.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेना परिचालनपछि नियन्त्रणमा आयो देवानगञ्जको अवस्था, बजार क्षेत्र सामान्य बन्दै

सेना परिचालनपछि नियन्त्रणमा आयो देवानगञ्जको अवस्था, बजार क्षेत्र सामान्य बन्दै

मंगलबार साँझ करिब ७ः३० बजेदेखि सुरु भएको झडपका क्रममा बजार क्षेत्रमा तोडफोड तथा आगजनीका घटना भएका थिए । घटनापछि बजार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो भने स्थानीयवासी...
सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

छलफल  लेखा समितिको बैठक कक्षमा हुने छ । छलफलमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टी समेत आमन्त्रण गरिएको छ ।
नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

प्रत्युत्तरमा अर्थमन्त्री डा. वाग्लेले सरकारले हालै तर्जुमा गरेको बजेटमा व्यक्त प्राथमिकताहरुको चर्चा गरे । सुशासन मार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै निजी क्षेत्रको लागि व्यवसायिक वातावरण अनुकूल बनाउनु...
सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको छ– अर्थमन्त्री वाग्ले

सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको छ– अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरेको बताएका छन् ।

भर्खरै