नेभिगेशन
समाज

सेना परिचालनपछि नियन्त्रणमा आयो देवानगञ्जको अवस्था, बजार क्षेत्र सामान्य बन्दै

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–४ स्थित बजार क्षेत्रको अवस्था नियन्त्रणमा आएको छ । दुई पक्षबीच भएको झडपपछि तनावग्रस्त बनेको क्षेत्रमा नेपाली सेनाको भगवतीदल गणको टोली परिचालन गरिएपछि सुरक्षा अवस्था सामान्य बन्दै गएको छ ।

मंगलबार साँझ करिब ७ः३० बजेदेखि सुरु भएको झडपका क्रममा बजार क्षेत्रमा तोडफोड तथा आगजनीका घटना भएका थिए । घटनापछि बजार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो भने स्थानीयवासी त्रसित भएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाका अनुसार भगवतीदल गणको टोली घटनास्थलमा पुगेर बजार क्षेत्रको सुरक्षा जिम्मेवारी सम्हालेपछि अवस्था नियन्त्रणमा आएको छ। हाल बजार क्षेत्रमा नेपाली सेना,  सुरक्षा निगरानी जारी रहेको छ।

Ncell
Extreme Energy

घटनाको प्रारम्भिक चरणमा सुरक्षा निकायको उपस्थिति  नभएको भन्दै स्थानीयले गुनासो गरेका थिए । त्यसपछि नेपाली सेना  परिचालन गरिएसँगै बजार क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको हो ।

त्यसैगरी, सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउन इटहरीदेखि कोशी ब्यारेजसम्मको पूर्व–पश्चिम राजमार्गमा नेपाली सेनाका बख्तरबन्द सवारीसाधनमार्फत नियमित गस्ती (पेट्रोलिङ) सञ्चालन गरिएको सेनाले जनाएको छ । 

उक्त राजमार्गको सुरक्षा अवस्था सामान्य रहेको तथा सर्वसाधारणको आवागमनलाई सुरक्षित बनाउन सुरक्षा सतर्कता कायम राखिएको सेनाको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै