नेभिगेशन
समाज

सुनसरीमा कर्फ्यूको दायरा बढाइयो

काठमाडौँ । सुनसरीमा दुई पक्षको झडपले उग्र रुप लिँदा भड्किएको हिंसा नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश कायमै छ । 

जिल्ला प्रशासन कार्यालयले मंगलबार राति ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । यसअघि हरिनगर र देवानगंजमा सीमित कर्फ्यूको दायरा अहिले बढाइएको छ । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गलाई केन्द्रीत गरेपछि सो क्षेत्रमा पनि कर्फ्यू लगाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालकाअनुसार इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको २ सय मिटर दायाँ बायाँ क्षेत्र, रामधुनी नगरपालिका वडा नम्बर १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दुई सय मिटर दायाँ बायाँ, इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र, दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्र, कोशी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, गढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, देवानगंज गाउँपालिकाको सम्पूर्ण क्षेत्र, हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र, बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

Ncell
Extreme Energy

यी क्षेत्रभित्र कसैले पनि आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने भनिएको छ । कर्फ्यू पालना गर्न नेपाली सेना समेत परिचालन गरिएको छ । घटनाको गृह मन्त्रालयबाट गठित छानबिन समितिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । 

carfue-1785291274.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।