नेभिगेशन
समाज

प्रहरीले काठमाडौँमै समात्यो ठूलो परिमाणमा लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट मङ्गलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान–६ बस्ने २४ वर्षीय दीपक राई छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरूले भारतबाट अवैध रूपले नेपाल ल्याई उक्त लागुऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

Ncell
Extreme Energy

उनकाअनुसार त्यसबेला सो टोलीले उनीहरूको साथबाट डामाडोल नामक लागुऔषध एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बर एउटा हात्ती गाडी, बागमती प्रदेश०२–०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल तीन थान र नेपाली रुपैयाँसमेत बरामद गरेको छ ।

नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागुऔषध, नेपाली रुपैयाँ, मोटरसाइकल र मोबाइल सेटसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै (तस्बिरहरु)

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै (तस्बिरहरु)

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ ।
रास्वपा सभापतिले सर्वदलीय बैठकको छलफलबारे राष्ट्रपतिलाई गराए जानकारी

रास्वपा सभापतिले सर्वदलीय बैठकको छलफलबारे राष्ट्रपतिलाई गराए जानकारी

बिहान सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका सभापति लामिछानेले केही बेरअघि राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
९ राजनीतिक दलको संयुक्त अपिल– आवेग र मुठभेडले समस्याको समाधान दिँदैन

९ राजनीतिक दलको संयुक्त अपिल– आवेग र मुठभेडले समस्याको समाधान दिँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार भएको सर्वदलीय बैठकले सुनसरीलगायत देशका विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिबारे गम्भीर...
सर्‍यो रास्वपा केन्द्रीय समिति बैठक

सर्‍यो रास्वपा केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सरेको छ ।

भर्खरै