नेभिगेशन
समाज

सर्वदलीय बैठकमा राजेन्द्र लिङ्देनले भनेः गहिरो अनुसन्धान गरौँ,शान्ति र भाइचारा कायम राखौँ

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सिंहदरबारमा आज आयोजित सर्वदलीय बैठकमा सुनसरीको कप्तानगञ्ज घटनाबारे गहिरो अनुसन्धान गर्न आवश्यक रहेको बताएका छन् । उनले तुरून्त आयोग गठनको समेत माग गरेका छन् । 

सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकमा अध्यक्ष लिङ्देनले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझ्न आवश्यक रहेको उल्लेख गर्दै भने, ‘कप्तानगन्ज घटना भुसको आगोसरी फैलिनु अगावै यसको जरासम्म पुगेर दीर्घकालीन समाधान निकालौं। तुरुन्तै आयोग बनाऔं, संवाद गरौं, यो हतारको र अति संवेदनशील विषय हो।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले कप्तानगन्ज घटनाका मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गरिनुपर्ने तथा घाइतेहरूको प्रभावकारी उपचार हुनुपर्नेमा जोड दिए।

Ncell
Extreme Energy

अध्यक्ष लिङ्देनले सामाजिक सदभाव, आपसी एकता, शान्ति र भाइचारा कायम गर्न आग्रह गरे । 
उनले भने ‘प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति, संस्कार र परम्पराको अभ्यास निर्वाध गर्न पाउनुपर्छ। संविधान र कानुनले सुनिश्चित गरेको नागरिक अधिकारको उपभोग निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्छ। हाम्रो सदियौंदेखिको सामाजिक सदभाव, आपसी एकता, शान्ति र भाइचारा कायम गरौं,’ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।