नेभिगेशन
समाज

सुनसरी घटनामा सुरक्षा निकायको समीक्षा हुनुपर्छ– शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरी घटनामा सुरक्षा निकायको असफलताबारे समीक्षा आवश्यक भएको बताएका छन् । रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सुरक्षा निकायबारे समिक्षा हुनुपर्ने बताएका हुन् । 

‘दङ्गा र भिड नियन्त्रण गर्ने काममा अल्पकालिक र दीर्घकालिक कुरा आजका लागि मात्र होइन भविष्यका लागि पनि धेरै महत्त्वपूर्ण विषय हो । सुरक्षा निकायको मनोबल गिरेका कारणले यस प्रकारका दुखद् घटनाहरू हुन्छन् कि ? साधन स्रोतको अभावमा यस प्रकारका घटनाहरू हुन्छन् ? समीक्षा हुनुपर्छ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सर्वदलीय बैठक सरकार आफैँले आयोजना गर्नुपर्नेमा जोड दिए । रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक राख्नु सकारात्मक भएको पोखरेलले बताए । ‘सर्वदलीय बैठकको आयोजना सरकार स्वयम् आफैले गर्नुपर्दथ्यो। प्रधानमन्त्री स्वयं आफैले यसको अग्रसरता लिनुपर्दथ्यो । प्रधानमन्त्रीका तर्फबाट हुनुपर्ने काम सभापतिले अग्रसरता लिनुभयो,’ उनले भने । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

बिहीबारदेखि मौसम बदली, आइतबारदेखि झरी र चिसो बढ्ने

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।