नेभिगेशन
सबै कुरा

निर्माणमा ढिलाइ भएका २७ आयोजनामा रास्वापले दबाब यात्रा गर्ने ( सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ढिलासुस्ती भइरहेका आयोजनामा दबाब यात्रा गर्ने भएको छ । रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी अभियानस्वरुप दबाब यात्रा गर्ने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलोपटक नारायणगढ–बुटवल सडकका लागि दबाब यात्रा गरिएको जानकारी दिँदै रास्वपाले अब देशभरका आयोजनाबारे खबरदारी गर्न लागिएको जनाएको छ । आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न रास्वपाले एक कार्यदल समेत गठन गरेको छ ।

Ncell
Extreme Energy

रास्वपाले पहिलो चरणमा दबाबमुलक कार्यक्रम गर्न ढिलासुस्ती भइरहेको आयोजनाको सूची पनि सार्वजनिक गरेको छ ।

यस्तै बैठकले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरुको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पनि पारित गरेको छ ।

पार्टीले केन्द्रीय सदस्य डा.प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरेको छ ।

त्यस्तै, केन्द्रीय विभागहरुलाई आफ्नो नियमित जिम्मेवारीसहित प्राथमिकतामा सम्पादन गर्नुपर्ने काम तोकिएको रास्वपाले जनाएको छ । 

बैठकमा सहकारी र लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे अर्थ नीति विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदाहरु उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले जानकारी गराएका थिए । माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरुन्तै र आउँदो संसद अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय गरेको छ ।

केन्द्रिय समिति बैठकमा रास्वपाले मंसिर पहिलो साता गरेको घरदैलामा प्राप्त  भएका सुझाव माथि पनि छलफल भएको थियो ।


रास्वपाले दबाब यात्रा गर्ने  आयोजनामा 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।