नेभिगेशन
सबै कुरा

निर्माणमा ढिलाइ भएका २७ आयोजनामा रास्वापले दबाब यात्रा गर्ने ( सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ढिलासुस्ती भइरहेका आयोजनामा दबाब यात्रा गर्ने भएको छ । रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी अभियानस्वरुप दबाब यात्रा गर्ने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलोपटक नारायणगढ–बुटवल सडकका लागि दबाब यात्रा गरिएको जानकारी दिँदै रास्वपाले अब देशभरका आयोजनाबारे खबरदारी गर्न लागिएको जनाएको छ । आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न रास्वपाले एक कार्यदल समेत गठन गरेको छ ।

Extreme Energy

रास्वपाले पहिलो चरणमा दबाबमुलक कार्यक्रम गर्न ढिलासुस्ती भइरहेको आयोजनाको सूची पनि सार्वजनिक गरेको छ ।

यस्तै बैठकले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरुको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पनि पारित गरेको छ ।

पार्टीले केन्द्रीय सदस्य डा.प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरेको छ ।

त्यस्तै, केन्द्रीय विभागहरुलाई आफ्नो नियमित जिम्मेवारीसहित प्राथमिकतामा सम्पादन गर्नुपर्ने काम तोकिएको रास्वपाले जनाएको छ । 

बैठकमा सहकारी र लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे अर्थ नीति विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदाहरु उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले जानकारी गराएका थिए । माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरुन्तै र आउँदो संसद अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय गरेको छ ।

केन्द्रिय समिति बैठकमा रास्वपाले मंसिर पहिलो साता गरेको घरदैलामा प्राप्त  भएका सुझाव माथि पनि छलफल भएको थियो ।


रास्वपाले दबाब यात्रा गर्ने  आयोजनामा 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...