नेभिगेशन
समाज

कुलमान घिसिङविरुद्धका उजुरीमा छानबिन गर्न ऊर्जामन्त्री श्रेष्ठले बनाए समिति

प्राधिकरणमा मात्रै छन् पाँच सयभन्दा बढी उजुरी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँञ्चाइमन्त्री विराज भक्त श्रेष्ठले ट्रान्सफर्मर र विद्युत मिटर खरिद तथा विद्युतका तार भूमिगत गर्ने परियोजनाका सम्बन्धमा प्राप्त उजुरीमा छानबिन अगाडि बढाएका छन् । 

मन्त्री श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नेपाल प्राधिकरण सञ्चालक समितिको बैठकले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी तथा गुनासोको अध्ययन गर्न  छानबिन समिति गठन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सञ्चालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् ।

Ncell
Extreme Energy

छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालन परियोजना तथा प्राप्त उजुरीको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार ट्रान्सफर्मर र विद्युत मिटर खरिदका विषयमा पछिल्लो २ महिनामा ६६८ वटा उजुरी परेको छ । एसियाली विकास बैंकको सहयोगमा अघि बढेको विद्युतका तार भूमिगत गर्ने काम र ट्रान्सफर्मरको विषयमा धेरै उजुरी छ । शाहीले प्राप्त उजुरीहरुको अध्ययन समितिले गर्ने बताए । 

प्राधिकरणकाअनुसार धेरै उजुरीहरु विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङसँग सम्बन्धित छन् । घिसिङ सुशीला कार्की सरकारमा ऊर्जामन्त्री पनि भएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगको संरक्षणमा समेत ध्यान दिन सरकारलाई आग्रह...
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।