नेभिगेशन
समाज

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन, आजै वार्ता हुँदै

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । 

बिहीबार अर्थमन्त्री डा.वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्। 

Ncell
Extreme Energy

वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन्।

अर्थमन्त्री डा.वाग्लेले समितिलाई आजै पीडितहरुसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन् । 

समितिको पहिलो बैठक अहिले केही बेरमा अर्थ मन्त्रालयमा बस्दै छ। सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ता सुरु गर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगको संरक्षणमा समेत ध्यान दिन सरकारलाई आग्रह...
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।