नेभिगेशन
समाज

सुनसरी घटनाका अर्का एक घाइतेको उपचारका क्रममा मृत्यु

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। योसँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार कप्तानगञ्जका २० वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा आज न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत आइतबार रातिको घटनामा जयप्रकाशको पेटमा गोली लागेको थियो। उक्त घटनामा घाइते भएका अन्य ८ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Ncell
Extreme Energy

आइतबार राति दुई समूहबीचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

उक्त घटनापछि सुनसरीको देवानगञ्जमा प्रदर्शन जारी छ । प्रदर्शनकै कारण स्थानीय प्रशासनले सुनसरीका विभिन्न स्थानमा कर्फ्यु लगाएको छ।

सोही घटनाको विरोधमा आज जनकपुरधाम, सिरहा लगायतका स्थानमा पनि प्रदर्शन भइरहेको छ। सिरहा प्रशासनले गोलबजारमा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै