नेभिगेशन
समाज

सुनसरी र सिरहापछि धनुषामा पनि कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी आदेशअनुसार आज बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा आज साउन १४ गते दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यु लगाइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम तोकिएका क्षेत्रमा कसैले आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा तथा धर्ना गर्न नपाउने उल्लेख गरिएको छ । प्रशासनले आदेशको उल्लङ्घन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

Ncell
Extreme Energy

कर्फ्यु लागू गरिएको क्षेत्र चारकिल्ला तोकेर निर्धारण गरिएको छ । उत्तरतर्फ लक्ष्मीनियाँ हाटबजार चोकदेखि पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर नोव्वासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमयु स्टिलबाट ५०० मिटर पूर्व पेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन–जनकपुर–ढल्केबर पुल–बेला–कादरी मस्जिदसम्मको क्षेत्र समेटिएको प्रशासनले जनाएको छ ।

गत आइतबार राति सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई पक्षको झडपछि सुनसरी प्रशासनले सो क्षेत्रमा निरन्तर कर्फ्यु लगाइरहेको छ भने सिरहा प्रशासनले आज दिउँसो २ बजेदेखि गोलबजारका ३ वटा वडामा कर्फ्यु लगाएको छ । 

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ । संवेदनशील अवस्था र शान्ति–सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको प्रशासनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।