नेभिगेशन
समाज

सुनसरी घटनापछि उत्पन्न अवस्थाप्रति पूर्वराजा चिन्तित, सद्भाव कायम गर्न अपिल

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी जिल्लाका विभिन्न गाउँ बस्तीमा भएको आपसी द्वन्द्व भएको चिन्ता व्यक्त गरेका छन् । सुनसरीमा भएको विवादले जनधनको क्षति पुर्‍याएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भू–भागमा फैलिएको खबरले आफूलाई अत्यन्त दु:खी तुल्याएको उल्लेख गर्दै शाहले नेपालीहरूबीचको ऐतिहासिक एकता र सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन् । 

संवाद सचिवालयमार्फत जारी सन्देशमा भनिएको छ, ‘समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना र दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो मौलिक मूल्य र मान्यता विपरीतको विषय हो ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालको गौरव र पहिचान नै बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधतामा रहेको उल्लेख गर्दै उनले यस विशिष्ट गुणलाई गुम्न दिन नहुनेमा उनले जोड दिएका छन् ।

Ncell
Extreme Energy

‘हामी नेपालीहरू नेपाल निर्माणको सुरुआती समयदेखि नै परस्पर मिलिजुली, हाँसीखुसी एक अर्कामा माया प्रिती गाँसी बसेका जातजाति हौं’, सन्देशमा अगाडि भनिएको छ, ‘कोही कसैबाट यसमा खलल पार्ने काम हुनु हुँदैन ।’

उनले नेपालको विशिष्ट धार्मिक, सांस्कृतिक एवं सामाजिक गुणकै कारण विश्वमा नेपालको सम्मान रहेको स्मरण गराउँदै जुनसुकै भू–भागमा रहेका नेपालीहरूलाई पनि मिलेर बस्न आग्रह गरेका छन् ।

‘जुनसुकै भू–भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो,’ पूर्वराजाले सन्देशमा भनेका छन् ।raja-1785407311.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगको संरक्षणमा समेत ध्यान दिन सरकारलाई आग्रह...
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।