नेभिगेशन
समाज

मधेसवादी दलका नेताहरुसँग रवि लामिछानेको छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा जारी छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेता सहभागी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत आइतबार राति सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा मधेसका विभिन्न जिल्लामा फैलिएको प्रदर्शन रोक्ने उपायका बारेमा नेताहरुका बीचमा छलफल भइरहेको जनाइएको छ ।

Ncell
Extreme Energy

मधेस केन्द्रित दलका नेताहरुसँग छलफल गर्नुअघि रास्वपा सभापति लामिछानेले मधेसका जिल्लाबाट निर्वाचित रास्वपा सांसदहरुसँग छलफल गरेका थिए । 

मधेसका विभिन्न जिल्लामा फैलिएको प्रदर्शनलाई  लिएर आजै प्रधानमन्त्री बालेन शाहले देशवासीका नाममा सम्बोधन गर्ने तयारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

बाढी–पहिरो प्रभावित क्षेत्रमा सेनाको उद्धार जारी

अविरल वर्षापछि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक सञ्चालनका लागि फौज परिचालन गरेको छ।
कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

कमजोर बन्दै न्यूनचापीय प्रणाली, जोखिम घट्दै

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै सुदूरपश्चिममा भारी वर्षाको जोखिम पनि घट्दै गएको छ।
कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

कालीगण्डकी उर्लिएपछि पर्वतदेखि परासीसम्मै खटियो सेना

विशेषगरी कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि विभिनन जिल्लाका तटीय क्षेत्रमा सेनाको फौज परिचालन गरिएको सैनिक मुख्यालयले जनाएको छ ।