नेभिगेशन
समाज
टिप्पणी

कोशीबाट मधेस पुगेको कप्तानगञ्जको आक्रोश

काठमाडौँ । गत आइतबार राति सुनसरीको देबानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहका बीचमा भएको झडपको असर यति छिट्टै जिल्ला र प्रदेश नै पार गरेर मधेससम्म आइपुग्ला भनेर सरकारले सोचेकै थिएन।

सरकारले मात्रै होइन, राजनीतिक दलहरुले पनि कप्तानगञ्जको आक्रोशले विशाल रुप लिनेछ भने कल्पना गरेका थिएनन् । त्यसैले चार दिनसम्म सरकार र राजनीतिक दलहरु चुपचाप रहे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कप्तानगञ्जको आक्रोश सुनसरी जिल्लाभर फैलिन थालेपछि बल्ल बुधबार सर्वदलीय बैठक बस्यो । सर्वदलीय बैठकको आह्वान सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले गरेका थिए ।

Ncell
Extreme Energy

सर्वदलीय बैठक बस्दासम्म पनि सरकारले ध्यान पुर्याएन ।

विहीबारसम्म आइपुग्दा सुनसरीको देवानगञ्जबाट सुरु भएको झडप धनुषा, सिरहा र पर्सासम्म पुग्यो । सिरहाको गोलबजारमा त प्रहरीको गोली लागी एक जनाको मृत्यु भयो ।

आइतबार रातिदेखि नै सुनसरीको देबानगञ्जमा कर्फ्र्यु छ । बिहीबार दिउँसोदेखि सिरहा, धनुषा र पर्सामा पनि कर्फ्यु लागेको छ ।

कर्फ्यु लागेको छ, तर प्रदर्शन रोकिएको छैन । झडप भइरहेको छ ।

चार जिल्लामा कर्फ्यु लागिसक्दा र तीन जनाको मृत्यु भइसक्दा बल्ल गृहमन्त्री विराटनगर पुगेका छन्– कप्तानगञ्जको घटनाबारे बुझ्न ।

कर्फ्यु लाग्नु भन्दा ठूलो कुरा कर्फ्यु लाग्नुको कारण हो । कर्फ्यु लगाइदिँदैमा प्रशासन(राज्य) को दायित्व पुरा हुँदैन ।

राज्यको दायित्व त कर्फ्यु लाग्ने वातावरण नै उत्पन्न हुन नदिनु हो ।

घटना कप्तानगञ्जको हो । समाधान पनि त्यहीँबाट खोजिनुपर्छ । कप्तानगञ्जलाई बाहिर राखेर समाधान निस्किँदैन । सरकारले सबैभन्दा पहिला यो बुझ्नुपर्छ ।

कप्तानगञ्ज झडपको पाँचौँ दिन कोशी प्रदेश पुगेको संघ सरकारले समाधान पहिल्याओस् । ढिला गर्यो भने आक्रोश मत्थर पार्न मुस्किल पर्न सक्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगको संरक्षणमा समेत ध्यान दिन सरकारलाई आग्रह...
औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

औद्योगिक क्षेत्रमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न एईपिसीद्वारा ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ...
बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई एक लाख राहत

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ।