नेभिगेशन
समाज

घरबाट निस्किएर आफ्नै घरमा आगो लगाउन जानेलाई रोकौँः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिंसा भड्किन नदिन सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । कोही कसैले पनि हिंसात्मक अभिव्यक्ति दिन नहुने उनको भनाई छ । 

बिहीबार राति मधेशकेन्द्रीत दलहरुसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले भने, अहिले हिंसा नभड्कियोस् भन्नका लागि सद्भाव कायम रहोस् भन्नका लागि यदी मसँग आगो निभाउन पानी छैन भने म नबोल्दा राम्रो हुन्छ । हामीले बोलेको बोलीले त्यहाँ शान्ति कायम हुन्छ, आगो निभ्छ भने त्यो बोलेको राम्रो हुन्छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिलेको कसैमाथि आरोप लगाउने वा समिक्षा गर्ने समय नभएको उनको भनाई छ । अहिलेको समय सद्भाव कायम गर्ने भएको उनको भनाई छ । र बोल्दा आगो निभ्नुको साटो बल्यो भने त्यस्तो अवस्थामा संयमता अपनाउनुपर्ने उनले बताए । ‘हामीले बोल्दा त्यो निभ्नुको साटो झनै बल्छ भने त्यस्ता अभिव्यक्ति दिन हुँदैन । घर जल्दा कुनै पनि सदस्यलाई त्यसले पोल्नुपर्छ,’ उनले भने ।

Ncell
Extreme Energy

उनले हिंसात्मक प्रदर्शनमा निस्कनेलाई घरमै रोक्नुपर्ने उनको भनाई थियो । ‘आफ्नो घरबाट यस्तो किसिमको प्रदर्शनमा जानेलाई घरमै रोकौँ । हरेक अभिभावकको जिम्मेवारी पनि हो यो । घरबाट निस्किएर घरमै आगो लगाउन किन पठाउँदै छौँ हामी ? त्यसकारण भएका कमीकमजोरीहरुको समिक्षा हामी गर्दै गरौँला । दोषको बाँडफाँडमा नलागौँ ।’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीको आग्रह– विज्ञताअनुसार योगदान दिनुहोस्

प्रधानमन्त्री बालेन शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन् ।
चार विधेयक दफावार छलफलका लागि समितिमा

चार विधेयक दफावार छलफलका लागि समितिमा

। प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।
यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

यसैवर्ष २०० टेलिफोन टावर र १ हजार ६०० स्थानमा फोरजी सेवा विस्तार हुन्छ: सञ्चारमन्त्री

मन्त्री डा तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए । मोबाइल सेवाको...