नेभिगेशन
नेताका कुरा

कोशी र लुम्बिनीमा पुरानै मुख्यमन्त्री निरन्तरता, बागमतीमा ओलीले किरणलाई गरिरहेछन् जोडबल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशमा किरण थापामगरलाई मुख्यमन्त्री बनाउन चाहेको एमाले नेताहरूले बताएका छन् । लुम्बिनीमा चेतनारायण आचार्य र कोशीमा हिक्मत कार्कीलाई नै निरन्तरता दिनेमा नेताहरूबीच सहमति जुटेको एक नेताले बताए ।

ती नेताका अनुसार बिहीबार बिहान अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षद्व रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई छलफलका लागि गुण्डु बोलाएका थिए ।
बिहान ११ बजेदेखि भएको छलफल अपराह्नमात्रै टुंगिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उक्त छलफलमा कोशी र लुम्बिनीमा पुरानै मुख्यमन्त्री दोहोरिने सहमति भएको छ । त्यहाँ अहिले नफेर्ने तर बागमतीमा भने अहिले दलका नेता रहेका जेन थपलिया (जगन्नाथ) लाई नबनाउन ओलीले जोडबल गरिरहेका छन्,’ ती नेताले भने ।

Ncell
Extreme Energy

ती नेताले बताएअनुसार बागमतीको मुख्यमन्त्री बनाउन सचिव महेश बस्नेत लगायत नेताले किरण थापामगरलाई अघि सारेका छन् । उनी केही समयअघिसम्म सामाजिक विकास मन्त्री थिए । सत्ता समीकरण हेरफेर हुने सहमतिपछि पदबाट राजीनामा दिएका हुन् ।

जेनजी आन्दोलनपछि अध्यक्ष ओलीलाई गुण्डुमा बासको प्रबन्ध गरेका थापा राप्रपाबाट एमाले प्रवेश गरी चुनाव जितेका हुन् ।

‘जेएन लामो समयदेखि आन्दोलनमा जोडिएको मान्छे, उहाँ फेरि ओली कित्ताकै मान्छे हो । पछिल्लो समय नजिक भएको, अहिलेको अस्थायी बासको प्रबन्धदेखि ओली कुटी बनाउनसम्म भूमिका खेले भन्दैमा किरणलाई अघि सार्न नहुने पोखरेल र पौडेलको जोडबल छ । तर ओली सहमत हुनुहुन्न,’ ती नेताले भने ।

बागमतीमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विश्वासमा लिएर एमाले नेतृत्वमा सरकार बनाउने कसरत भइरहेको सांसद केशवप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार राप्रपा सहमत देखिएको छ । ‘उसका केही कुरा मानेर अहिले सरकार गठन गर्ने तयारी छ,’ उनले भने । मुख्यमन्त्रीमा पोखरेलको पनि दाबी छ ।

११० सदस्यीय प्रदेश सभामा हाल १०४ कायम छन् । सरकार बनाउन ५३ जना सांसद आवश्यक पर्छ । प्रदेश सभाको दोस्रो ठूलो दल नेकपासँग २६ सांसद छन् । एमालेसँग २५ सांसद छन् ।

काठमाडौं ९(२) बाट निर्वाचित प्रदेश सभा सदस्य पोखरेलका अनुसार सरकार गठनका लागि गठबन्धनको मत नपुग्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल भइरहेको छ । राप्रपासँग १२ सांसद छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

विद्युत् व्यापारमा निजी क्षेत्रलाई व्यवस्थित रूपमा भित्र्याउने सरकारको तयारी

सरकारले आन्तरिक खपत बढाउनुका साथै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ।
पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

पुनर्गठनको मुद्दा उठाएपछि शंकर पोखरेललाई ओलीले दिए आठौं सिट

नेकपा एमालेको सिट व्यवस्थापनको आफ्नै परम्परा छ। पदाधिकारीहरूको वरीयताक्रम सचिवालयले निर्धारण गर्छ। आसन व्यवस्थापनमा भने पार्टी नेतृत्वकै तजबिज रहन्छ।
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।

भर्खरै