नेभिगेशन
समाज

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

काठमाडौँ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

आज दिउँसो १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ । 'माननीय गृह मन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने,' कार्यसूचीमा भनिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री गुरुङ सुनसरी घटनाका मृतक परिवार र घाइते भेट्न पूर्वी नेपालमा छन् । गुरुङले सुनसरी घटनामा ज्यान गुमाएका दुई परिवारसँग आजै सात बुँदे सहमति गरिसकेका छन् । 

Ncell
Extreme Energy

सङ्घीय संसद् सचिवालयकाअनुसार आजको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ ।

यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

karyasuchi-1785464812.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
किरण थापालाई बागमतीमा संसदीय दलको नेता बनाउन महेश बस्नेतले डाके गोप्य भेला

किरण थापालाई बागमतीमा संसदीय दलको नेता बनाउन महेश बस्नेतले डाके गोप्य भेला

नेकपा एमाले सचिव महेश बस्नेतले बागमती प्रदेश संसदीय दल नेता फेर्न गोप्य भेला डाकेका छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४०...