नेभिगेशन
समाज

राष्ट्रपतिले सानेपा पुगेर दिए गोपालमानलाई श्रद्धाञ्जली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपति पौडेल आज प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले शोकको यस घडीमा शोकाकुल परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै सहानुभूति पनि व्यक्त गरे ।

Ncell
Extreme Energy

राष्ट्रपति पौडेलले  विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएर श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा पुर्याएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पुर्याएको योगदान सधैं स्मरणीय रहिरहने बताए ।

राष्ट्रपति पौडेलले श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा क्षति पुग्नुका साथै मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी व्यक्ति गुमाएको आफूले महसुस गरेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी, मधेस, बागमती र राजधानी  प्रदेशका नेता-कार्यकर्ताहरूसँग छलफल गर्दैछन्। आज दिँउसो १ बजे भर्चुअल माध्यमबाट छलफल गर्न लागेको प्रचार विभाग प्रमुख...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ।
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगको संरक्षणमा समेत ध्यान दिन सरकारलाई आग्रह...