नेभिगेशन
समाज

रवि लामिछानेलाई साक्षी राखेर मिल्यो धार्मिक अगुवाहरुको हात

काठमाडौँ । हिन्दु र मुस्लिम धर्मका अगुवाहरुले कुनै पनि अवस्थामा द्वन्द्व चर्किन नदिने र जारी तनावलाई तत्काल कम गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेले अज पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद तथा विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग गरेको छलफलमा दुवै धर्मका अगुवाहरुले धर्मका नाममा द्वन्द्व चर्कन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही क्रममा दुवै धर्मका अगुवाहरुले सभापति रवि लामिछानेलाई साक्षी राखेर हात मिलाएका थिए ।

Ncell
Extreme Energy

उनीहरुले तत्काल संयुक्त विज्ञप्ति निकाल्ने र सहिष्णुताका लागि अपिल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

त्यसअघि सभापति लामिछानेलेले प्रत्येक मिनेट महत्वपूर्ण छ भन्दै तत्काल अपिल जारी गर्न आग्रह गरेका थिए । 

यस्तो छ- रवि लामिछानेको आग्रह 
जुन सद्भावपूर्ण समाजको अभ्यास गरिरहेका छौं, त्यसमा राजनीति प्रवेश गर्यो भने बिथोलिएको देखेका छौँ । 
जब राजनीतिमा धर्म प्रवेश गर्छ र राजनीतिले धर्म छाड्छ, यस्तो अवस्था आउँछ । 
यस्तै बेला त हो नि नेतृत्व चाहिने । समाज आफैं चलेको अवस्थामा त नेतृत्वको खासै खाँचो हुँदैन । 
समाजलाई गाह्रो परेको बेला नेतृत्व चाहिने हो, हाम्रो भूमिका यस्तै बेला चाहिने हो । 
दुवै संस्थाहरुले साझा वक्तव्य जारी गरौं । अहिले प्रत्येक मिनेट महत्वपूर्ण छ । हामी सुरक्षामा छौं, हाम्रै कोही दाजुभाइ सुरक्षित छैनन्, त्रासमा छन् । 
मेरो अनुरोध मात्रै होइन, याचना नै गरेको छु, यो बेलामा हामीले अलिकति पनि ढिला गर्यौं भने अर्को विध्वंस निम्तिन सक्छ । जसले जुन उद्देश्यले आगो झोसेको भए पनि यसले डढाउने हामीलाई नै हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी, मधेस, बागमती र राजधानी  प्रदेशका नेता-कार्यकर्ताहरूसँग छलफल गर्दैछन्। आज दिँउसो १ बजे भर्चुअल माध्यमबाट छलफल गर्न लागेको प्रचार विभाग प्रमुख...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ।
दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँ घट्यो

सुनको भाउ लगातार दोस्रो दिन घटेको छ। मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको हो।
खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

खुलेका जुट उद्योग टिकाउने नीति ल्याउन सरकारलाई रास्वपा सांसद डाँगीको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भए पनि सञ्चालनमा रहेका जुट उद्योगको संरक्षणमा समेत ध्यान दिन सरकारलाई आग्रह...