नेभिगेशन
समाज

ब्रड पिकमा बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको मृत्यु

काठमाडौँ । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो । बाँकी छ जना भने बेपत्ता नै रहेको बताइएको थियो । 

आज मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले सामाजिक सञ्जालमार्फत गराएको हो । सो घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जा ‘निम्स दाइ’सँगै जम्मा छ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी, विदेशी आरोहीहरू सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान), म्यालोरी गेइस (अमेरिका) छन् । 

Ncell
Extreme Energy

सन् २०१९ मा निर्मल पुर्जाले संसारका आठ हजार मिटर अग्ला १४ वटा हिमाल छ महिना छ दिनभित्र आरोहण गरी विश्व कीर्तिमानी कायम गरेसँगै चर्चामा आउनुभएको थियो । उहाँका हिमाल आरोहणसम्बन्धी अन्य कीर्तिमान रहेका छन् । हिमपहिराले उनीहरूलाई छ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको थियो । खराब मौसमका कारण सो घटनामा तत्काल उद्धार गर्न कठिनाइ भएको थियो । पुर्जाका व्यावसायिक सहकर्मीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा शुक्रबार नै पाकिस्तानतर्फ प्रस्थान गर्नुभएको थियो । 

मृत्यु भएका नेपाली आरोहीरूमा पुरबहादुर गुरुङ गोरखाका हुन् भने किलीपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवासभाका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

एक पदाधिकारीका अनुसार, महाधिवेशन बढीमा एक सातासम्म पर सार्ने तयारी छ । हाल महाधिवेशनका लागि तोकिएको अन्तिम १९ गते महाधिवेशन सुरु गर्ने वा अझ दुई दिन पर सारेर...
ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी, मधेस, बागमती र राजधानी  प्रदेशका नेता-कार्यकर्ताहरूसँग छलफल गर्दैछन्। आज दिँउसो १ बजे भर्चुअल माध्यमबाट छलफल गर्न लागेको प्रचार विभाग प्रमुख...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ।