नेभिगेशन
समाज

पानी पार्ने प्रणाली नेपाल नजिक आएसँगै ठोरीदेखि सिमरासम्म भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ठोरीदेखि सिमरासम्म भारी वर्षा भएको बताएको छ ।

हाल पूर्वी नेपालमा पानी पार्ने प्रणाली नेपालनजिक आएको छ । मौसमको न्यून चापीय रेखा हाल पूर्वमा नेपालनजिक छ भने पश्चिममा सरदर स्थान (भारततर्फ) को आसपास छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठोरीमा पछिल्लो २४ घन्टामा १५२.२, सिमरा विमानस्थल केन्द्रमा १५२, कोल्हुवा क्षेत्रमा १४२ मिलिमिटर वर्षा भएको छ ।

Ncell
Extreme Energy

मौसमविद विनोद पोखरेलले मनसुनको न्यून चापीय रेखा (ट्रफ) नेपाल नजिक आएसँगै अहिले ठोरीदेखि सिमरासम्म भारी वर्षा भइरहेको बताएका छन् । 

आज बिहानसम्म बागमती, मधेसको पश्चिमीभेग हुँदै सुदूरपश्चिमसम्म केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको पोखरेलले बताए । 

आज दिउँसो एकछिन पानी पर्न रोकिए पनि बेलुका फेरि राम्रै वर्षा हुने उनले बताए ।

पछिल्लो प्रणालीले नेपालभर वर्षा हुने सम्भावना रहे पनि तराई भेगमा भने सबैतिर पानी पर्ने सम्भावना नरहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । 

विभागका अनुसार आइतबार देशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै तराई भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी खोल्न थालियो

मनाङको सदरमुकाम चामेमा पहिरोले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।
कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

कांग्रेस महाधिवेशन सार्न सानेपामा बैठक

एक पदाधिकारीका अनुसार, महाधिवेशन बढीमा एक सातासम्म पर सार्ने तयारी छ । हाल महाधिवेशनका लागि तोकिएको अन्तिम १९ गते महाधिवेशन सुरु गर्ने वा अझ दुई दिन पर सारेर...
ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

ओलीले थाले प्रदेश तहका नेता कार्यकर्तासँग छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार कोशी, मधेस, बागमती र राजधानी  प्रदेशका नेता-कार्यकर्ताहरूसँग छलफल गर्दैछन्। आज दिँउसो १ बजे भर्चुअल माध्यमबाट छलफल गर्न लागेको प्रचार विभाग प्रमुख...
किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

किन बस्दैछ मन्त्रिपरिषद् बैठक ?

मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ।