नेभिगेशन
सबै कुरा
नागरिकता किर्ते प्रकरण :

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडाैँ । नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगंजका मेयर राजेशमान सिंह र किर्ते नागरिकताको अभिलेख लुकाउन संलग्न कर्मचारी विरुद्ध अख्तियारमा उजुरी परेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिकता किर्तेमा संलग्न वीरगंजका मेयर राजेशमान सिंह र उनले नागरिकता दिलाएको अभिलेख गायब बनाउन संलग्न रहेको आरोप लागेका पर्साका पूर्व प्रमुख जिल्ला अधिकारीसहित ४ जनाविरुद्ध आयोगमा २ उजुरी दर्ता भएका हुन्। 

Ncell
Extreme Energy

मेयरविरुद्ध पर्सा जिल्ला विरगंज महानगरपालिका–३ बस्ने महम्मद सहाबुदिन र स्थायी ठेगाना ललितपुर भई हाल बारा जितपुर सिमरा उपमहानगरपालिका–२२ बस्ने राज कुमार तिमल्सिनाले छुट्टा–छुट्टै उजुरी दर्ता गरेका हुन् । 

सहाबुदिनले मेयर समेत रहेका राजेशमान सिंह र उनले नक्कली छोरी बनाएका सोही ठेगानाकी रुबीना श्रेष्ठलाई विपक्षी बनाएर नागरिकता दिलाएको भन्दै कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेका छन् । उनले पुष २९ गते आयोगको केन्द्रिय कार्यालय टंगाल पुगेर उजुरी दर्ता गराएका हुन् । उनले दर्ता गरेको उजुरीमा झुठो विवरण पेश गरी लिएको नागरिकता बदर गरी थप कारबाही गर्न माग गरिएका छन् । 

सादुदिनले दर्ता गराएकाे उजुरी

त्यस्तै बाराका राज कुमार तिमल्सिनाले शुक्रबार मेयर सिंहसहित नागरिकता किर्तेमा संलग्नहरुललाई काबाही माग गर्दै उजुरी दर्ता गरेका छन् । उनले राजेशमान सिंहले नागरिकता दिलाइदिएका रविना श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन प्रमुख हाल सामान्य प्रशासन मन्त्रालयमा कार्यरत  सहसचिव उमेश कुमार ढकाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृुत षड्कुमार पोखरेल र जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवलाई विपक्षी बनाएर आयोगमा उजुरी दर्ता गराएका छन् ।

राज कुमारले दर्ता गराएकाे उजुरी

‘उल्लिखित जनप्रतिनिधि एवमं राष्ट्रसेवक कर्मचारीले किर्ते नागरिकता जारी गरेर भ्रष्टाचारजन्य कार्य गरेकोले निजहरु उपर आवश्यक कारबाही गरिपाउँ,’ तिमल्सिनाको उजुरीमा भनिएको छ । नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगंजका मेयरको किर्तेमा सरकारी कर्मचारीको पनि मिलोमतो भेटिएको थियो ।

मेयरको किर्ते लुकाउन जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकताको अनुसूची र यससँग सम्बन्धित सम्पूर्ण कागजपत्र गायब छन् । मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको तथ्य सिधाकुराले खुलासा गरेको थियो ।

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...