नेभिगेशन
सबै कुरा
नागरिकता किर्ते प्रकरण :

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडाैँ । नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगंजका मेयर राजेशमान सिंह र किर्ते नागरिकताको अभिलेख लुकाउन संलग्न कर्मचारी विरुद्ध अख्तियारमा उजुरी परेको छ । 

नागरिकता किर्तेमा संलग्न वीरगंजका मेयर राजेशमान सिंह र उनले नागरिकता दिलाएको अभिलेख गायब बनाउन संलग्न रहेको आरोप लागेका पर्साका पूर्व प्रमुख जिल्ला अधिकारीसहित ४ जनाविरुद्ध आयोगमा २ उजुरी दर्ता भएका हुन्। 

CG

मेयरविरुद्ध पर्सा जिल्ला विरगंज महानगरपालिका–३ बस्ने महम्मद सहाबुदिन र स्थायी ठेगाना ललितपुर भई हाल बारा जितपुर सिमरा उपमहानगरपालिका–२२ बस्ने राज कुमार तिमल्सिनाले छुट्टा–छुट्टै उजुरी दर्ता गरेका हुन् । 

सहाबुदिनले मेयर समेत रहेका राजेशमान सिंह र उनले नक्कली छोरी बनाएका सोही ठेगानाकी रुबीना श्रेष्ठलाई विपक्षी बनाएर नागरिकता दिलाएको भन्दै कारबाही गर्न माग गर्दै उजुरी दर्ता गरेका छन् । उनले पुष २९ गते आयोगको केन्द्रिय कार्यालय टंगाल पुगेर उजुरी दर्ता गराएका हुन् । उनले दर्ता गरेको उजुरीमा झुठो विवरण पेश गरी लिएको नागरिकता बदर गरी थप कारबाही गर्न माग गरिएका छन् । 

सादुदिनले दर्ता गराएकाे उजुरी

त्यस्तै बाराका राज कुमार तिमल्सिनाले शुक्रबार मेयर सिंहसहित नागरिकता किर्तेमा संलग्नहरुललाई काबाही माग गर्दै उजुरी दर्ता गरेका छन् । उनले राजेशमान सिंहले नागरिकता दिलाइदिएका रविना श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन प्रमुख हाल सामान्य प्रशासन मन्त्रालयमा कार्यरत  सहसचिव उमेश कुमार ढकाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृुत षड्कुमार पोखरेल र जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवलाई विपक्षी बनाएर आयोगमा उजुरी दर्ता गराएका छन् ।

राज कुमारले दर्ता गराएकाे उजुरी

‘उल्लिखित जनप्रतिनिधि एवमं राष्ट्रसेवक कर्मचारीले किर्ते नागरिकता जारी गरेर भ्रष्टाचारजन्य कार्य गरेकोले निजहरु उपर आवश्यक कारबाही गरिपाउँ,’ तिमल्सिनाको उजुरीमा भनिएको छ । नक्कली बाबु बनेर नागरिकता दिलाएको आरोप लागेका वीरगंजका मेयरको किर्तेमा सरकारी कर्मचारीको पनि मिलोमतो भेटिएको थियो ।

मेयरको किर्ते लुकाउन जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकताको अनुसूची र यससँग सम्बन्धित सम्पूर्ण कागजपत्र गायब छन् । मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको तथ्य सिधाकुराले खुलासा गरेको थियो ।

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...