नेभिगेशन
सबै कुरा

महाराजगंज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा. चन्द्रमणि पौडेल

काठमाडौँ । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको महाराजगंज मेडिकल क्याम्पसको  कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन् । कलेजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु रोग विशेषज्ञको रुपमा कार्यरत डा. पौडेललाई विभागीय प्रमुखको जिम्मेबारी दिइएको हो ।

क्याम्पसले गत साता विभागीय प्रमुखको जिम्मेबारी दिएसँगै उनले कार्यभार समेत सम्हालिसकेका छन् । चिकित्सा शास्त्रमा विद्यावारिधि गरेर भारतबाट इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोसीप समेत हासिल गरिसकेका पौडेलसँग करिब २० वर्षको कार्यअनुभव छ । डा पौडेल रोयल कलेज अफ फिजिसियन अफ इडेनबर्ग, सोसाइटी अफ कार्डियोभास्कुलर एन्जियोग्राफी एण्ड इन्टरभेन्सन अमेरिका तथा एसिया प्यासिफिक सोसाइटी अफ कार्डियोलोजीबाट समेत विभूषित भैसकेका छन् । उनी हृदयघात भएका हजार भन्दा धेरै व्यक्तिको कोरोनरी एन्जियोप्लाष्टी गरेर बचाउन सफल डाक्टर हुन् । त्यसैगरी उनले विभिन्न मुटु रोग विशेषज्ञहरूलाई तालिम समेत दिएका छन् ।

CG

स्याङग्जाको हिमालयन बोर्डिङ स्कुलमा अध्ययन गरेका डा पौडेल एसएलसीमा जिल्लाकै सर्वोत्कृष्ट विद्यार्थी हुन । त्यसका साथै पोखराको पृथ्वी नारायण क्याम्पसबाट विज्ञान संकाय अध्ययन गरेका डा. पौडेलले प्रवीणता प्रमाण पत्र तहमा पनि सर्वोत्कृष्ट भएका थिए।

नेपालगंज मेडिकल कलेजबाट पूर्ण छात्रवृत्तिमा चिकित्सा शास्त्रमा स्नातक गरेका डा। पौडेलले इन्टरनल मेडिसिनमा स्नातकोत्तर(एमडी) गरेका छन् । त्यसैगरी उनले कार्डियो विषयमा विद्यावारिधि (डक्टरेट अफ मेडिसिन) डीएम हासिल गरेका छन् । डा. पौडेलले चिकित्सा शास्त्रमा स्नातकोत्तर र विद्यावारिधि महाराजगंज मेडिकल क्यापसबाट नै हासिल गरेका हुन । सन २००३ देखि चिकित्सकको रुपमा कार्यरत पौडेलसँग करिब २० वर्षको कार्यअनुभव छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले भने, “ बेनी प्रादेशिक अस्पतालमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक सय ७७  सुत्केरी भए । सोही अवधिमा एक सय ९१  ...
चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’, कसरी गरिन्छ सर्जरी ?

रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी...
दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञ सेवा सुरु

गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी हुन । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना...
पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो । ठेकदारसहित १५ जनाविरुद्ध  करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

भर्खरै