नेभिगेशन
मुख्य समाचार

सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपाली राजदूत साइमन अन्सर्टको शिष्टाचार भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्सर्टले शिष्टाचार भेटवार्ता गरेका छन् ।

संघीय संसद्, प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा मंगलबार भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटमा सभामुख अर्यालले संघीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए ।

Marvel
Extreme Energy

उनले दुई देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत संलग्नता बढाउनुपर्ने बताउँदै साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिका लागि संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...
सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी...
मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

यद्यपि, यी नेताहरूका लागि सबैभन्दा ठूलो चुनौती ट्रम्पको राजनीतिक प्रभाव हुनेछ। ट्रम्पले कसलाई समर्थन गर्छन् भन्ने विषयले रिपब्लिकन पार्टीको प्राथमिक निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्छ।
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...