नेभिगेशन
मुख्य समाचार

ओखलढुङ्गामा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरो

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कमा दुई दशकदेखि निरन्तर झरिरहेको पहिरोका कारण पाँच घरपरिवार उच्च जोखिममा परेका छन् ।

सिस्नेखोलाको कटानबाट सुरु भएको पहिरो दिनप्रतिदिन फैलिँदै गएपछि स्थानीय जोखिम मोलेरै बस्न बाध्य छन् । पहिरो केही परिवारको घरआँगनसम्मै पुगेको छ भने गाउँका करिब ४० परिवारसमेत जोखिममा रहेको स्थानीयले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

डेढ दशकअघि यही वडाको चुप्लुमा पहिरोले घरखेत बगाएपछि डाँडाखर्कमा आएर घर बनाएका राईबहादुर राई अहिले फेरि पहिरोको जोखिममा छन् । 'चुप्लुमा पहिरोले उठिबास लगाएपछि ज्यान जोगाउन यहाँ आएर घर बनाएँ । अहिले फेरि यही घर बगाउने अवस्था आयो,' उनले भने ।

Ncell
Extreme Energy

पहिरोले अहिलेसम्म सयौँ रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ । खेतबारी नै पहिरोमा परिणत भएपछि स्थानीयको जीविकोपार्जनसमेत संकटमा परेको छ ।

पहिरो नियन्त्रणका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग पटक–पटक आग्रह गरे पनि प्रभावकारी काम हुन नसकेको स्थानीयको गुनासो छ । पहिरोले जमिन बगाइसक्दा पनि सोही जग्गाको भूमिकर तिर्नुपरेको उनीहरू बताउँछन् ।

“जग्गाजमिन पहिरोले बगाइसक्यो, तर भूमिकर तिरिरहनुपरेको छ । राज्यबाट पहिरो नियन्त्रण र राहतका कार्यक्रम आएनन्,” पहिरोपीडित गीतामाया राईले भनिन् ।

स्थानीयले पहिरोको दीर्घकालीन प्राविधिक समाधानसँगै जोखिममा रहेका परिवारको सुरक्षित पुनःस्थापना र जीविकोपार्जनको व्यवस्था गर्न तीनै तहका सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत किसान–मजदुर र सरकारबीच आज निर्णायक वार्ता सुरु भएको छ ।
लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ ।
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

टिल प्रसूति समस्यामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार गरिएको छ ।