नेभिगेशन
मुख्य समाचार

जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको हवाई उद्धार

काठमाडौं । जटिल प्रसूति समस्यामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार गरिएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत उनीहरूको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवाका लागि काठमाडौं ल्याइएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ की ३८ वर्षीया शारदा बस्नेत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण प्रसूति हुन नसकेपछि चिकित्सकीय सिफारिसमा हवाई उद्धार गरिएको हो । उनलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याएर उपचार भइरहेको छ ।

Ncell
Extreme Energy

त्यस्तै, आत्महत्याको प्रयासपछि गम्भीर अवस्थामा रहेका एक युवाको पनि हवाई उद्धार गरिएको छ । सल्ले अस्पतालमा उपचाररत उनलाई थप उपचार तथा सघन उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएको मन्त्रालयले जनाएको छ ।

दुर्गम क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती, सुत्केरी तथा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी गठन भएको चार वर्षको अवधिमा ३७ देशमा आफ्नो संगठन विस्तार गरेको छ। रास्वपाले विदेशमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले शुभेच्छुक संस्था ‘प्रवास...
ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

ष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत किसान–मजदुर र सरकारबीच आज निर्णायक वार्ता सुरु भएको छ ।
लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनीमा सरकार गठनका लागि एमाले, नेकपा र मसालबीच सहमति

लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा सहकार्य गर्न नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) बीच सहमति भएको छ ।