नेभिगेशन
मुख्य समाचार

लघुवित्त पीडित र सरकारबीच निर्णायक वार्ता सुरु

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत किसान–मजदुर र सरकारबीच आज निर्णायक वार्ता सुरु भएको छ ।

अस्ति भएको वार्तामा प्रारम्भिक छलफल भएको थियो । त्यस क्रममा आज निर्णायक वार्ता गर्ने सहमति भएको थियो । सोहीअनुसार आज दिउँसो १२ः३० बजेदेखि सरकारी टोली र आन्दोलनरत पीडित पक्षबीच वार्ता भइरहेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलनका तर्फबाट संयोजक रमेश सेन्चुरीको नेतृत्वमा वार्ता टोली सहभागी छ । टोलीमा पुनम कुमारी महतो, बिमला गजमेर, जोगेन्द्र यादव, दामोदर ढकाल, सुरेश घिमिरेलगायत छन् ।

Ncell
Extreme Energy

पीडित पक्षले लघुवित्त तथा वित्तीय संस्थाबाट भएको भनिएको शोषण, ऋणसम्बन्धी समस्या तथा आफूहरूका माग सम्बोधन हुनुपर्ने विषय उठाउँदै लामो समयदेखि आन्दोलन गर्दै आएको छ । आजको वार्तालाई आन्दोलनरत पक्षले निर्णायक रूपमा लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

नेकपा एमालेभित्रैबाट केन्द्रीय कमिटीको बैठक तत्काल बोलाएर निर्वाचनमा भएको पराजयको समीक्षा गर्न तथा पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

सर्वोच्चले पुनरवलोकनको निस्सा दिएपछि इतर पक्ष उत्साहित छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त– ‘पार्टीमा पूर्ण एकताको बाटो खुलेको’ टिप्पणी टिप्पणी गरेका छन् ।  यतिमात्रै होइन, अब...
जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

धनुषा जिल्ला अदालतको मूल गेटअगाडि बुधबार दिउँसो मिटरब्याज पीडित एक महिलाले आत्मदाहको प्रयास गरेपछि प्रहरीले तत्काल उद्धार गरेको छ ।
रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी गठन भएको चार वर्षको अवधिमा ३७ देशमा आफ्नो संगठन विस्तार गरेको छ। रास्वपाले विदेशमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले शुभेच्छुक संस्था ‘प्रवास...