नेभिगेशन
सबै कुरा

प्लेयर अफ दि म्याच बनिन् इन्दु बर्मा

१५ भदौ, काठमाडौं - नेपाली राष्ट्रिय टोलीकी उपकप्तान इन्दु बर्मा शुक्रबार मलेसियामा भएको आईसीसी महिला टी–२० विश्वकपमा बहराइन विरुद्धको खेलमा प्लेयर अफ दि म्याच बनेकी  छिन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इन्दुले उक्त खेलमा ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएकी थिइन्।

Ncell
Extreme Energy

बहराइन विरुद्धको खेलमा प्लेयर अफ दि म्याच बनेपछि उनले आज मेरो दिन थियो भन्दै प्रतिक्रिया दिइन् । उनले भनिन्,‘आज मेरो दिन थियो, त्यसैले प्रर्दशन राम्रो भयो।’

शुक्रबार मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको थियो। 

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो ।  

नेपालका लागि ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको अविजित साझेदारी गरेपछी नेपालले सहज जित निकालेको हो । कविता १७ र सीता २ रनमा नटआउट रहे।

महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो ।

नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो । नेपालले समुह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...