नेभिगेशन
सबै कुरा

प्लेयर अफ दि म्याच बनिन् इन्दु बर्मा

१५ भदौ, काठमाडौं - नेपाली राष्ट्रिय टोलीकी उपकप्तान इन्दु बर्मा शुक्रबार मलेसियामा भएको आईसीसी महिला टी–२० विश्वकपमा बहराइन विरुद्धको खेलमा प्लेयर अफ दि म्याच बनेकी  छिन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इन्दुले उक्त खेलमा ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिएकी थिइन्।

Extreme Energy

बहराइन विरुद्धको खेलमा प्लेयर अफ दि म्याच बनेपछि उनले आज मेरो दिन थियो भन्दै प्रतिक्रिया दिइन् । उनले भनिन्,‘आज मेरो दिन थियो, त्यसैले प्रर्दशन राम्रो भयो।’

शुक्रबार मलेसियामा जारी आइसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको थियो। 

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो ।  

नेपालका लागि ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको अविजित साझेदारी गरेपछी नेपालले सहज जित निकालेको हो । कविता १७ र सीता २ रनमा नटआउट रहे।

महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो ।

नेपालले बिहीबार भएको खेलमा आयोजक टिम मलेसियालाई ५ रनले पराजित गरेको थियो । नेपालले समुह चरणको तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...
एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन् ।
श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।