नेभिगेशन
मुख्य समाचार

ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शून्य समयमा सांसदहरूले ग्यासको आयात पर्याप्त भए पनि बजारमा अभाव देखिनु गम्भीर विषय भएको भन्दै आपूर्ति प्रणाली व्यवस्थित र पारदर्शी बनाउन सरकारसँग माग गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसकी कमलादेवी पन्तले भारतबाट मागभन्दा बढी ग्यास आयात भइरहेको सरकारको दाबी रहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताइन्। उनले ग्यासको आयात, आपूर्ति र बिक्री वितरणको वास्तविक अवस्थाबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरिन्।

Ncell
Extreme Energy

राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले ग्यास अभावका कारण सर्वसाधारणले ठूलो कष्ट व्यहोर्नुपरेको भन्दै समस्या तत्काल समाधान गर्न आग्रह गरे। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नरबहादुर विष्टले ग्यासको बिक्री वितरण व्यवस्थित बनाउन र जनताका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताए।

कांग्रेसका युवराज शर्माले एलपी ग्यासको कृत्रिम अभाव तत्काल अन्त्य गरी बिक्री वितरण प्रणाली पारदर्शी बनाउन माग गरे।

बैठकमा सांसदहरूले ग्यास अभावबाहेक महँगी, सार्वजनिक सेवा, स्वास्थ्य, भूमिहीन तथा सुरक्षा लगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

कांग्रेसका नारायणदत्त मिश्रले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको विवादसम्बन्धी घटनाको न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरे।

नेकपाका भुवनबहादुर सुनारले ग्यास अभावको दीर्घकालीन समाधान खोज्न, महँगी नियन्त्रण गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सरकारलाई सुझाव दिए। सोही पार्टीकी मदनकुमारी शाह (गरिमा)ले निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्।

जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिदले सिरहाको गोलबजारमा केही दिनअघि भएको प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान तथा आस्थाका केन्द्रमा आगजनी र तोडफोड भएकोप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई पहल गर्न आग्रह गरे।

नेकपाकी राजेन्द्रलक्ष्मी गैरेले उपचार खर्च अभावमा नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य सेवा प्रणालीलाई भरोसायोग्य बनाउन माग गरिन्। सोही पार्टीका सुरेशकुमार आलेमगरले सुकुमवासी तथा भूमिहीनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

नेकपा एमालेभित्रैबाट केन्द्रीय कमिटीको बैठक तत्काल बोलाएर निर्वाचनमा भएको पराजयको समीक्षा गर्न तथा पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

सर्वोच्चले पुनरवलोकनको निस्सा दिएपछि इतर पक्ष उत्साहित छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त– ‘पार्टीमा पूर्ण एकताको बाटो खुलेको’ टिप्पणी टिप्पणी गरेका छन् ।  यतिमात्रै होइन, अब...
जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

धनुषा जिल्ला अदालतको मूल गेटअगाडि बुधबार दिउँसो मिटरब्याज पीडित एक महिलाले आत्मदाहको प्रयास गरेपछि प्रहरीले तत्काल उद्धार गरेको छ ।
रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी गठन भएको चार वर्षको अवधिमा ३७ देशमा आफ्नो संगठन विस्तार गरेको छ। रास्वपाले विदेशमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले शुभेच्छुक संस्था ‘प्रवास...