नेभिगेशन
मुख्य समाचार

रास्वपाले ३७ देशमा विस्तार गर्‍यो प्रवास नेपाली सम्पर्क विभाग, कहाँ को प्रमुख?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी गठन भएको चार वर्षको अवधिमा ३७ देशमा आफ्नो संगठन विस्तार गरेको छ। रास्वपाले विदेशमा रहेका नेपालीलाई संगठित गर्ने उद्देश्यले शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको हो।

रास्वपाका अनुसार अष्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, जापान, हङकङ, मकाउ, मलेसिया, भारत, थाइल्याण्ड, माल्दिभ्स्, ओमान, कुवेत, कतार, इजरायल, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनमा विभाग गठन भइसकेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै अमेरिका, क्यानडा, नेदरल्याण्ड्स, बेल्जियम, स्पेन, अष्ट्रिया, लक्जेम्बर्ग, डेनमार्क, स्विजरल्याण्ड, फिनल्याण्ड, साइप्रस, जर्मनी, पोर्चुगल, माल्टा, रोमानिया, स्वीडेन, हंगेरीलगायत देशमा पनि प्रवास नेपाली सम्पर्क विभाग गठन गरिएको रास्वपाले जनाएको छ।

Ncell
Extreme Energy

विदेशस्थित संगठनमा कहाँ को प्रमुख?

रास्वपाले विभिन्न देशमा प्रवास नेपाली सम्पर्क विभागको नेतृत्वको जिम्मेवारीसमेत तोकेको छ। उपलब्ध विवरणअनुसार अष्ट्रेलियामा डा. कृष्णकान्त पौडेल, न्युजिल्याण्डमा अशोक कँडेल, दक्षिण कोरियामा युविन श्रेष्ठ, हङकङमा जेबी गुरुङ र मकाउमा उदित खत्री प्रमुख छन्।

मलेसियामा नेत्र केसी, जापानमा दीपक केसी, भारतमा अर्जुन भण्डारी, थाइल्याण्डमा प्रकाश सुवेदी र माल्दिभ्स्मा प्रवीन कार्कीले नेतृत्व गरिरहेका छन्।

खाडी तथा मध्यपूर्वतर्फ ओमानमा पदम आले, कुवेतमा ईश्वर भण्डारी, कतारमा अब्दुल करिम, इजरायलमा दुर्गा चापागाईं, साउदी अरेबियामा भूपाल भण्डारी, युएईमा सुजन थापा र बहराइनमा चिरञ्जीवी पाण्डे प्रमुख छन्।

उत्तर अमेरिकातर्फ अमेरिकामा चेतराज उपाध्याय र क्यानडामा कुमार उप्रेतीले नेतृत्व गरेका छन्।

युरोपतर्फ नेदरल्याण्ड्समा अञ्जन गुरुङ, अष्ट्रियामा विकास कार्की, नर्वेमा जीवन उप्रेती, फ्रान्समा कविन्द्र कायस्थ, बेल्जियममा कृष्ण दाहाल, स्पेनमा विकास लामा, लक्जेम्बर्गमा जितु थापा र डेनमार्कमा शशी ढकाल प्रमुख छन्।

त्यस्तै स्विजरल्याण्डमा रेशम खत्री, पोल्याण्डमा विदुर शर्मा, फिनल्याण्डमा रुक्मिणी भट्टराई, साइप्रसमा मीना कार्की, जर्मनीमा अमृत पौडेल, पोर्चुगलमा नर फगामी, माल्टामा राजेन्द्र भण्डारी र रोमानियामा असीम दियाली प्रमुख रहेको विवरणमा उल्लेख छ।

त्यसैगरी सेचेल्समा प्रदीप सापकोटा र आयरल्याण्डमा अभेद्यपाणी गौतमले प्रवास नेपाली सम्पर्क विभागको नेतृत्व गरिरहेका छन्।

यसअघि जारी गरिएको विभागीय प्रेस विज्ञप्तिमा पनि एसिया–प्रशान्त, खाडी तथा मध्यपूर्व, उत्तर अमेरिका र युरोपका विभिन्न देशमा विभागका प्रमुखहरूको नाम उल्लेख गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बोलेरो जीप खस्यो भेरी नदीमा, दुई जना बेपत्ता

बोलेरो जीप खस्यो भेरी नदीमा, दुई जना बेपत्ता

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित सडकबाट बोलेरो जीप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् ।
एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

एमालेमा तत्काल बैठक बोलाएर निर्वाचन पराजयको समीक्षा र पुनर्गठन गर्न माग

नेकपा एमालेभित्रैबाट केन्द्रीय कमिटीको बैठक तत्काल बोलाएर निर्वाचनमा भएको पराजयको समीक्षा गर्न तथा पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?

सर्वोच्चले पुनरवलोकनको निस्सा दिएपछि इतर पक्ष उत्साहित छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त– ‘पार्टीमा पूर्ण एकताको बाटो खुलेको’ टिप्पणी टिप्पणी गरेका छन् ।  यतिमात्रै होइन, अब...
जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

धनुषा जिल्ला अदालतको मूल गेटअगाडि बुधबार दिउँसो मिटरब्याज पीडित एक महिलाले आत्मदाहको प्रयास गरेपछि प्रहरीले तत्काल उद्धार गरेको छ ।