नेभिगेशन
मुख्य समाचार

जब ज्यानको बाजी थापेर मिटरब्याज पीडित महिलालाई जोगाए प्रहरीले

वीरगन्ज । धनुषा जिल्ला अदालतको मूल गेटअगाडि बुधबार दिउँसो मिटरब्याज पीडित एक महिलाले आत्मदाहको प्रयास गरेपछि प्रहरीले तत्काल उद्धार गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ की फुलकुमारी रजकले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । उनलाई रोक्ने क्रममा प्रहरी निरीक्षक अरविन्द साह स्वयं जोखिममा परेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मिटरब्याज पीडितहरूले अदालतअगाडि विरोध प्रदर्शन गरिरहेका बेला रजकले कालो प्लास्टिकमा लुकाएर बोतलमा पेट्रोल ल्याएकी थिइन् । प्रदर्शनका क्रममा उनी तनावमा देखिएकी थिइन् र हातमा रहेको बोतल उचाल्दै नारा लगाइरहेकी थिइन् ।

Marvel
Extreme Energy

प्रदर्शन सकिन लाग्दा उनले अचानक शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसलगत्तै प्रहरी निरीक्षक साह दौडिँदै पुगेर उनको हातबाट पेट्रोलको बोतल खोसेका थिए ।

साहले रजकले सलाई कोर्नुअघि नै बोतल खोसेका कारण सम्भावित ठूलो दुर्घटना टरेको हो । बोतल खोस्ने क्रममा पेट्रोल साहको पोशाकमा समेत छरिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरी निरीक्षक साह केही सेकेन्ड ढिला पुगेको भए रजकसँगै उनी स्वयं पनि आगाको जोखिममा पर्न सक्ने अवस्था थियो ।

प्रहरीले रजकलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।

मिटरब्याजसम्बन्धी मुद्दामा पक्राउ परेका गोपाल साह, रेखा साह र हरेराम साहविरुद्ध धनुषा जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । उनीहरूको पेसीका क्रममा दबाब दिन मिटरब्याज पीडितहरू गोविन्दकुमार साहको नेतृत्वमा भूतनाथ मन्दिरनजिक भेला भएका थिए ।

पीडितहरूले त्यहाँबाट पैदल ¥याली निकाल्दै कदमचोक, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला अदालतको मूल गेटअगाडि पुगेर विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा पीडितहरूले आफूहरूमाथि भएको अन्यायको न्यायिक समाधान, दोषीमाथि कारबाही र आफूहरूले न्याय पाउनुपर्ने माग गरेका थिए ।

प्रहरी निरीक्षक साहको तत्कालको हस्तक्षेपले भने प्रदर्शनकै क्रममा हुन लागेको सम्भावित ठूलो दुर्घटना टरेको छ ।

770758548_1527441732005591_3150943843851690352_n-1786526622.jpg

772943650_2470315153452548_5825258037964133160_n-1786526622.jpg

770584412_901992339628188_7388183313097716088_n-1786526622.jpg

770758548_1527441732005591_3150943843851690352_n-(1)-1786526621.jpg

769458066_1367046895557735_9187024012067696521_n-1786526621.jpg

770677818_1044191078218640_5744622930205696002_n-1786526621.jpg

770677813_1074703135019414_5103578647697234776_n-1786526621.jpg

770584412_901992339628188_7388183313097716088_n-(1)-1786526620.jpg

772943650_2470315153452548_5825258037964133160_n-(1)-1786526620.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...
सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

सुरक्षा प्रमुखसँग प्रधानमन्त्री बालेनको ब्रिफिङ

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी...
मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

मध्यावधि हारपछि सन् २०२८ को राष्ट्रपति दौड तीव्र, भान्सको विकल्पमा रुबियोको चर्चा

यद्यपि, यी नेताहरूका लागि सबैभन्दा ठूलो चुनौती ट्रम्पको राजनीतिक प्रभाव हुनेछ। ट्रम्पले कसलाई समर्थन गर्छन् भन्ने विषयले रिपब्लिकन पार्टीको प्राथमिक निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्छ।
यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य  कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएको सरकारी...