नेभिगेशन
मुख्य समाचार

राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न जलस्रोत विभागले बनायो विशेष संयन्त्र

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना लामो समयसम्म अल्झिने र निर्धारित लक्ष्यअनुसार प्रगति नहुने समस्या समाधान गर्न जलस्रोत तथा सिँचाइ विभागले विशेष अनुगमन संयन्त्र बनाएको छ ।

विभागअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजना तथा अन्य आयोजनाको भौतिक र आर्थिक प्रगति प्रभावकारी रूपमा अनुगमन गर्ने उद्देश्यले संयन्त्र निर्माण गरिएको हो । लामो समयदेखि सञ्चालनमा रहेका आयोजनाले लक्षित प्रगति हासिल गर्न नसकेको, निर्धारित समयावधि नाघेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न संयन्त्र बनाइएको विभागले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ संयन्त्रमार्फत आयोजनाको स्थलगत प्रगति, भौतिक तथा आर्थिक अवस्था, निर्माणको समयतालिका र प्रमुख समस्याबारे नियमित अनुगमन गरिनेछ । समस्याको पहिचान गरी समाधानका लागि जिम्मेवार निकाय तोक्ने, समाधानको समयसीमा निर्धारण गर्ने र त्यसको फलोअप गर्ने प्रणालीसमेत विकास गरिने विभागले जनाएको छ ।

Ncell
Extreme Energy

यसैक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आगामी कार्ययोजनाबारे छलफल गर्न आगामी साता सबै आयोजना प्रमुखसँग बैठक आह्वान गरेका छन् ।

प्रारम्भिक चरणमा विभागले महाकाली (तेस्रो) सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना तथा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई प्राथमिकतामा राखेर अनुगमन गर्ने भएको छ ।

विभागका अनुसार संयन्त्र आयोजना प्रगतिको विवरण संकलनमा मात्र सीमित हुने छैन । समस्या पहिचान, तत्काल गर्नुपर्ने काम, जिम्मेवारी निर्धारण र परिणामको फलोअप गर्ने नतिजामुखी प्रणालीका रूपमा यसलाई सञ्चालन गरिनेछ ।

आयोजनाका मुख्य संरचनाको निर्माणस्थल तथा आयोजना कार्यालयबाट प्राप्त विवरणलाई विभागको अनुगमन प्रणालीमा सिधै समेटेर नियमित समीक्षा गर्ने तयारी गरिएको छ ।

यसबाट लामो समयदेखि अघि बढिरहेका राष्ट्रिय गौरवका आयोजनामा समय, लागत र गुणस्तरको लक्ष्य हासिल गर्न थप जवाफदेहिता सिर्जना हुने अपेक्षा विभागको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके भविष्यका युवाले त्यस्तो अवसर नपाउने बताएका छन् ।
एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

समितिको निष्कर्ष छ– सेयर खरिद बिक्री सम्झौता नै वास्तविक र यथार्थपरक छैन ।
एफडीआईको मुख्य बाधक पुँजी होइन, सरकारी झन्झट र अविश्वास

एफडीआईको मुख्य बाधक पुँजी होइन, सरकारी झन्झट र अविश्वास

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउनभन्दा लगानीको प्रतिफल तथा पुँजी फिर्ता लैजान झन् ठूलो प्रशासनिक झन्झट रहेको लगानीकर्ताले बताएका छन् ।