नेभिगेशन
मुख्य समाचार

सौराहामा हात्तीको वनभोज, उखुदेखि ड्रागन फ्रुटसम्मको मेजमानी (तस्बिरहरू)

चितवन । विद्यार्थी, युवा–युवती वा अन्य उमेर समूहका मानिस वनभोजमा रमाएको त देखिएकै हो । तर, चितवनको सौराहामा भने बुधबार हात्तीलाई नै वनभोज गराइएको छ ।

१५औँ विश्व हात्ती दिवसको अवसरमा सौराहामा सरकारी तथा निजी गरी करिब ६० वटा हात्तीलाई वनभोज गराइएको हो । हात्ती संरक्षण, उचित व्यवस्थापन र मानव–हात्ती सहअस्तित्वको सन्देश दिन युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा हात्तीलाई लामबद्ध गराएर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, केरा, भुईँकटहर र फर्सीलगायत फलफूल तथा तरकारी खुवाइएको थियो ।

Ncell
Extreme Energy

बाघमारा, चित्रसेन, जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आयोजित वनभोजमा हात्तीलाई विभिन्न परिकारको मेजमानी दिइएको थियो ।

सौराहाको पर्यटन इतिहास हात्ती सफारीसँग जोडिएको छ । हात्ती सफारीले चितवनको पर्यटन विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको व्यवसायीहरू बताउँछन् । हाल चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत ५८ वटा हात्ती छन् । तीमध्ये सौराहामा मात्रै ४५ वटा छन् । नेपालभर सरकारी तथा निजी गरी करिब १८५ वटा हात्ती रहेको तथ्यांक छ ।

हात्ती पर्यटनको आकर्षण मात्र नभई वन संरक्षण, गस्ती, विपद् व्यवस्थापन तथा चोरी–तस्करी नियन्त्रणमा समेत प्रयोग हुँदै आएका छन् । तर निजी हात्तीलाई निकुञ्जभित्रको घाँस उपयोग गर्न नपाउने अवस्थाले आहार व्यवस्थापनमा समस्या भएको व्यवसायीहरूको गुनासो छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले निजी हात्तीका लागि निकुञ्जबाट घाँस उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरे । उमेर पुगेका तथा काम गर्न नसक्ने हात्तीको दीर्घकालीन व्यवस्थापनका लागि ‘एलिफेन्ट सेन्चुरी’ निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले हात्तीको किनबेच तथा ओसारपसारमा प्रतिबन्ध लगाएपछि बूढा तथा काम गर्न नसक्ने हात्तीको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको व्यवसायीहरूले बताएका छन् । सेन्चुरी निर्माणका लागि आवश्यक स्थान उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको खतिवडाले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले हात्तीबिनाको चितवन निकुञ्ज संरक्षण कल्पना गर्न नसकिने बताए । उनका अनुसार अहिलेको मुख्य चुनौती हात्तीको संख्या बढाउनु मात्र नभई बासस्थानको क्षमताअनुसार दिगो संरक्षण र मानव–हात्ती सहअस्तित्व कायम गर्नु हो ।

Chitwan-Elephant-Banbhoj-Photo_NPL-(3)-1786532139.JPG

Chitwan-Elephant-Banbhoj-Photo_NPL-(4)-1786532139.JPG

Chitwan-Elephant-Banbhoj-Photo_NPL-(9)-1786532138.JPG

Chitwan-Elephant-Banbhoj-Photo_NPL-(8)-1786532138.JPG

Chitwan-Elephant-Banbhoj-Photo_NPL-(7)-1786532138.JPG

Chitwan-Elephant-Banbhoj-Photo_NPL-(6)-1786532138.JPG

Chitwan-Elephant-Banbhoj-Photo_NPL-(11)-1786532137.JPG

Chitwan-Elephant-Banbhoj-Photo_NPL-(11)-1786532137.JPG

Chitwan-Elephant-Banbhoj-Photo_NPL-(10)-1786532137.JPG

Chitwan-Elephant-Banbhoj-Photo_NPL-(13)-1786532136.JPG

Chitwan-Elephant-Banbhoj-Photo_NPL-(12)-1786532136.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

गुण्डुमा ढलेका जेएनविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

नेकपा एमाले बागमती संसदीय दल नेता जेएन थपलियाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

यसपटक बिग्रियो भने भोलिका पुस्ताले हामीले जस्तो अवसर पाउने छैनन्– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेको पुस्ताले पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके भविष्यका युवाले त्यस्तो अवसर नपाउने बताएका छन् ।
एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

समितिको निष्कर्ष छ– सेयर खरिद बिक्री सम्झौता नै वास्तविक र यथार्थपरक छैन ।
एफडीआईको मुख्य बाधक पुँजी होइन, सरकारी झन्झट र अविश्वास

एफडीआईको मुख्य बाधक पुँजी होइन, सरकारी झन्झट र अविश्वास

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउनभन्दा लगानीको प्रतिफल तथा पुँजी फिर्ता लैजान झन् ठूलो प्रशासनिक झन्झट रहेको लगानीकर्ताले बताएका छन् ।