नेभिगेशन
मुख्य समाचार

‘प्रविधिले हामीलाई चलाइरहेको त छैन?’ शंकर पोखरेलले उठाए पपुलिजमदेखि सम्पत्ति केन्द्रीकरणसम्मका प्रश्न

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै त्यसले समाज, राजनीति र मानव सभ्यतामा पार्न सक्ने नकारात्मक प्रभावबारे गम्भीर बहस आवश्यक रहेको बताएका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत सूचना प्रविधिको विकासले मानिसको जीवन सहज बनाए पनि यसको अनियन्त्रित प्रयोगले मानव सभ्यता, समाज र राजनीतिमा गम्भीर जोखिम निम्त्याउन सक्ने औंल्याएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले प्रविधिको प्रयोगमार्फत राजनीतिमा भ्रम र भावनाको खेती हुँदै गएको भन्दै यसले ‘पपुलिजम’ अर्थात् लोकप्रियतावादलाई बढावा दिएको टिप्पणी गरेका छन् । प्रविधिको प्रभावले राजनीतिलाई गलत दिशातर्फ मोड्ने जोखिमसमेत रहेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

पोखरेलले प्रविधिको स्वामित्व सीमित व्यक्तिको हातमा केन्द्रित हुँदा धन र शक्तिको केन्द्रीकरण तीव्र भइरहेको पनि बताएका छन्। उनका अनुसार आधुनिक प्रविधिको विकाससँगै समाज उत्पादनमुखीभन्दा उपभोक्तामुखी बन्दै गएको छ ।

‘हामी उत्पादनमुखी हुनुको सट्टा केवल उपभोक्ता वा प्रविधिका प्रयोगकर्ता मात्र बनिरहेका छौँ,’ उनले भनेका छन् ।

प्रविधिप्रतिको अतिनिर्भरताले मानिसको मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पार्नुका साथै मौलिक सिर्जनशीलतामा समेत ह्रास ल्याउन सक्ने उनले उल्लेख गरेका छन्। परिवार, समाज र राज्य संयन्त्रसमेत प्रविधिको नकारात्मक प्रभावबाट अछुतो नरहेको उनको धारणा छ ।

पोखरेलले प्रविधिको विकाससँगै नयाँ प्रश्न खडा भएको भन्दै प्रविधिलाई मानिसले सञ्चालन गरिरहेको हो वा प्रविधिले मानिसलाई सञ्चालन गरिरहेको हो भन्नेबारे बहस आवश्यक रहेको बताएका छन् ।

उनले प्रविधिको विकासले समाजलाई कतै ‘दलाल पूँजीवादको दास’ मा परिणत गरिरहेको त छैन भन्ने प्रश्नसमेत उठाएका छन् ।

‘के प्रविधिलाई हामीले चलाइरहेका छौँ कि प्रविधिले हामीलाई?’ भन्दै पोखरेलले यस विषयमा सार्वजनिक बहस आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विद्युत उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको समन्वयात्मक विकास आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

विद्युत उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको समन्वयात्मक विकास आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित र समन्वयात्मक विकास आवश्यक...
रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी

यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ ।
समाचार लेखेकै आधारमा धरपकड लोकतन्त्रको उपहास : प्रचण्ड

समाचार लेखेकै आधारमा धरपकड लोकतन्त्रको उपहास : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा राज्यले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् ।
आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।

भर्खरै