नेभिगेशन
मुख्य समाचार

रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ ।

थबाङ –५ बोटलबारामा गएरातिको पहिराले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दुरीमा पर्दछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरामा परेका छ घरमा १० जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए । आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए । उनले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अपडेट :  रोल्पामा पहिरोले घर र गोठ पुरिँदा ३ जनाको मृत्यु,  बेपत्ता ९ जनाको पहिचान खुल्यो

अपडेट : रोल्पामा पहिरोले घर र गोठ पुरिँदा ३ जनाको मृत्यु, बेपत्ता ९ जनाको पहिचान खुल्यो

बाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्।
विद्युत उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको समन्वयात्मक विकास आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

विद्युत उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको समन्वयात्मक विकास आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित र समन्वयात्मक विकास आवश्यक...
समाचार लेखेकै आधारमा धरपकड लोकतन्त्रको उपहास : प्रचण्ड

समाचार लेखेकै आधारमा धरपकड लोकतन्त्रको उपहास : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा राज्यले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘प्रविधिले हामीलाई चलाइरहेको त छैन?’ शंकर पोखरेलले उठाए पपुलिजमदेखि सम्पत्ति केन्द्रीकरणसम्मका प्रश्न

‘प्रविधिले हामीलाई चलाइरहेको त छैन?’ शंकर पोखरेलले उठाए पपुलिजमदेखि सम्पत्ति केन्द्रीकरणसम्मका प्रश्न

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै त्यसले समाज, राजनीति र मानव सभ्यतामा पार्न सक्ने नकारात्मक प्रभावबारे गम्भीर बहस आवश्यक रहेको बताएका छन् ।

भर्खरै