नेभिगेशन
मुख्य समाचार

अपडेट : रोल्पामा पहिरोले घर र गोठ पुरिँदा ३ जनाको मृत्यु, बेपत्ता ९ जनाको पहिचान खुल्यो

रोल्पा । थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्।

पहिरोमा परी मृत्यु हुनेमा थबाङ–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूको स्थानीय स्तरमा उपचार भइरहेको जनाइएको छ।

Ncell
Extreme Energy

पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डल बहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

अविरल वर्षापछि आएको पहिरोले घर तथा गोठ पुरेपछि बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। पहिरोका कारण घटनास्थलमा थप क्षति हुन सक्ने जोखिम रहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
विद्युत उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको समन्वयात्मक विकास आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

विद्युत उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको समन्वयात्मक विकास आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित र समन्वयात्मक विकास आवश्यक...
रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी

यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरामा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ ।
समाचार लेखेकै आधारमा धरपकड लोकतन्त्रको उपहास : प्रचण्ड

समाचार लेखेकै आधारमा धरपकड लोकतन्त्रको उपहास : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा राज्यले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘प्रविधिले हामीलाई चलाइरहेको त छैन?’ शंकर पोखरेलले उठाए पपुलिजमदेखि सम्पत्ति केन्द्रीकरणसम्मका प्रश्न

‘प्रविधिले हामीलाई चलाइरहेको त छैन?’ शंकर पोखरेलले उठाए पपुलिजमदेखि सम्पत्ति केन्द्रीकरणसम्मका प्रश्न

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तीव्र विकाससँगै त्यसले समाज, राजनीति र मानव सभ्यतामा पार्न सक्ने नकारात्मक प्रभावबारे गम्भीर बहस आवश्यक रहेको बताएका छन् ।

भर्खरै