नेभिगेशन
मुख्य समाचार

प्युठानका विभिन्न खोलामा पाँच बेवारिसे शव फेला

प्युठान । स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका खोलाको किनारमा पाँच जनाको बेवारिसे शव फेला परेको छ।

बिहीबार बिहान करिब ७ः३० बजे नगरपालिकाका विभिन्न स्थानमा नाम, थर र वतन नखुलेका पाँच जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वर्गद्वारी–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्षका बालकको शव फेला परेको छ। त्यस्तै स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको छ। स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा पनि दुई महिलाको शव फेला परेको छ। तीमध्ये एक शवको बायाँ खुट्टा घुँडादेखि तलको भाग नभएको प्रहरीले जनाएको छ।

फेला परेका सबै शवको पहिचान खुल्न सकेको छैन। शवको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म परिवार वा आफन्तको पहिचान हुन नसकेकाले कोही व्यक्तिको परिवारका सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्पर्क नम्बर: ९८५७८३७०४९, ९८५७८१५५५५

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष (तस्बिरहरु)

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष (तस्बिरहरु)

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय परिसर नजिकै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष उद्घाटन गरेकी छन् ।
साढे पाँच महिनापछि नेपाल फर्किए देउवा (तस्बिर)

साढे पाँच महिनापछि नेपाल फर्किए देउवा (तस्बिर)

नलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ
देउवालाई स्वागत गर्न नेता कार्यकर्ता एयरपोर्टमा, सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)

देउवालाई स्वागत गर्न नेता कार्यकर्ता एयरपोर्टमा, सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)

गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका देउवा आज फर्किँदैछन् ।
पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा प्रदर्शन

पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा प्रदर्शन

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै पत्रकारहरुले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेका छन् ।