नेभिगेशन
मुख्य समाचार

मेचीनगरले थाल्यो ‘शून्य बेरुजु’ अभियान

झापा । मेचीनगर नगरपालिकाले ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ । लामो अवधिदेखि फछ्रर्योट नभएको बेरुजु रकम बढेपछि अभियान नै सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ । 

विसं २०५३ मा मेचीनगर नगरपालिकाको स्थापना भएको हो । त्यसभन्दा अघि अस्तित्वमा रहेका गाउँ विकास समितिकै पालादेखिको आर्थिक बेरुजु रकम फछ्रर्योट हुन बाँकी रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फछ्रर्योट गर्न सम्बन्धित सबैलाई सार्वजनिक सूचना प्रकाशित गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए ।

Ncell
Extreme Energy

दोस्रो चरणमा निर्माण तथा उद्योगी व्यवसायीको बेरुजु फछ्रर्योटका लागि सहजीकरण गरिदिन उनीहरु आबद्ध सङ्घ–सङ्गठनलाई आग्रह गर्ने र तेस्रो चरणमा बेरुजु भएका व्यक्तिको विवरण सार्वजनिक गर्ने कार्ययोजना बनाइएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार मेचीनगर नगरपालिकाको वार्षिक बेरुजु रकम रु १४ करोड ९९ लाख ४३० छ । आव २०८१/८२ भन्दा अगाडिको अद्यावधिक बेरुजु रु ८१ करोड ३० लाख ४१ हजार ४८७ रहेको छ । यसप्रकार हालसम्ममा मेचीनगर नगरपालिकाको कुल बेरुजु रकम रु ९६ करोड २९ लाख ९६ हजार ९१७ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

“बेरुजुलाई शून्यमा झार्ने हाम्रो अभियान हो”, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, “निर्माण व्यवसायी, जनप्रतिनिधि, व्यवसायी र अन्य सम्बन्धित व्यक्तिले बेरुजु फछ्रर्योट गरेर सहयोग गर्ने हामीलाई विश्वास छ । फछ्रर्योटका लागि हामी उहाँहरूलाई पत्राचार गरेर पर्याप्त समय पनि दिन्छौँ ।”

अभियान सञ्चालन गरेपछि वर्षौँदेखि बेरुजु दाखिला वा फछ्रर्योट नगरेका सरोकारवाला सम्पर्कमा आउन थालेको र कतिपयले पुरानो रकम फछ्रर्योट गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, सभापति  देउवाले सम्बोधन गर्ने

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, सभापति  देउवाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज आयोजना हुँदैछ ।
नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।