नेभिगेशन
मुख्य समाचार

रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै पुराना दलका कमजोरी तथा रास्वपाको नेतृत्वको अयोग्यताबीचको राजनीतिक सम्बन्धबारे चर्चा गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत एमाले, कांग्रेस र माओवादी केन्द्रको अकर्मण्यता तथा प्रमुख नेताहरूको अयोग्यतालाई रास्वपाको उदयको प्रमुख आधारका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यही असन्तुष्टिको पृष्ठभूमिमा रवि लामिछाने र बालेन्द्र शाहलाई नेतृत्वमा स्थापित गरिएको र रास्वपाले तत्कालै उल्लेख्य राजनीतिक सफलता हासिल गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्न नेतृत्वले ध्यान नदिएका कारण रास्वपाको ‘शिखरबाट ओरालो यात्रा’ सुरु भएको भट्टराईको दाबी छ ।

Ncell
Extreme Energy

‘अरूको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन्,’ उनले लेखेका छन् ।

भट्टराईले बाहिर र पार्टीभित्रका विरोधीमाथिको बदला तथा प्रतिशोधलाई नेतृत्वमा टिकिरहने र शासन लम्ब्याउने आधार बनाउन खोज्नु गलत हुने बताएका छन् । यस्तो प्रवृत्ति विगतमा पनि काम नलागेको र अहिले पनि काम नलाग्ने उनको टिप्पणी छ ।

उनले रास्वपाको कमजोर हुँदै गएको राजनीतिक अवस्थालाई पुराना दलका नेताहरूले आफ्नै नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधारका रूपमा लिन थालेको भन्दै त्यसप्रति पनि सचेत गराएका छन् ।

भट्टराईका अनुसार विगतका कमजोरीको समीक्षा नगर्ने, खस्किँदै गएको वर्ग तथा सामाजिक आधारको पुनर्निर्माणमा ध्यान नदिने र नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्ने प्रवृत्तिले पुराना दललाई फेरि संकटमा धकेल्न सक्छ ।

नीति, विचार र संगठनको पुनर्गठनबारे छलफल गर्न तयार नहुने तथा समस्यालाई ‘कार्पेटमुनि छोपछाप’ गरेर उही जयजयकारको भिडलाई लोकप्रियताको आधार र शक्तिको स्रोत ठान्नु महाभूल हुने उनले बताएका छन् ।

‘रास्वपाको ओरालो यात्रा र रवि र बालेनको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतीमा मस्त छन्,’ भट्टराईले लेखेका छन् ।

उनले पुराना दलले रास्वपाको कमजोरीबाट मात्रै राजनीतिक लाभ खोज्नुभन्दा आफ्नै विगतका कमजोरीको समीक्षा गर्दै नीति, विचार, संगठन र सामाजिक आधार पुनर्निर्माणमा ध्यान दिनुपर्ने संकेत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

नेपाली कांग्रेसको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । आज एकै दिन संस्थापन र इतर समूह आमने सामने हुँदैछन् ।
देउवा फर्केपछि के भने गगन थापाले ?

देउवा फर्केपछि के भने गगन थापाले ?

देउवाले विशेष महाधिवेशनबाट भएको परिवर्तनलाई स्वीकारेर पार्टी निर्माणमा अभिभावकीय भूमिका खेल्ने अपेक्षा गगन नेतृत्वको संस्थापन पक्षको छ ।
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...