नेभिगेशन
समाज

ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौँका पाँच स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा शनिबारदेखि काठमाडौँका विभिन्न स्थानमा ग्यास उद्योगबाट तोकिएका ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गरिने निगमले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निगमका अनुसार टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

Ncell
Extreme Energy

कीर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ। बसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, भानु र ओम ब्रान्डका ग्यास बिक्री गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ।

निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत बिक्री वितरण पनि नियमित गरिरहेको जनाएको छ। अत्यावश्यक परेका उपभोक्ताले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्रीस्थलमा उपस्थित भई ग्यास खरिद गर्न सक्ने निगमले अनुरोध गरेको छ।

निगमले ग्यासको अनावश्यक सञ्चिति नगर्न तथा वास्तविक आवश्यकता भएका उपभोक्तालाई मात्र तोकिएका स्थानबाट ग्यास खरिद गर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ वटा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ वटा नमूना परीक्षणका लागि प्राप्त भएका छन् ।...
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका...