नेभिगेशन
समाज

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ।

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका बिक्री केन्द्रमा उपस्थित हुन सक्नेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निगमले सार्वजनिक गरेको विवरणअनुसार ग्यास बिक्री हुने स्थान र उपलब्ध ब्रान्ड यसप्रकार छन् :

Ncell
Extreme Energy

निगमको टेकु परिसर : नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर।
पशु सेवा शाखा, चपली, बूढानीलकण्ठ : नेपाल, एचपी र भानु।
राधास्वामी, कीर्तिपुर परिसर : नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइजवाला र श्रीमाया।
नयाँ बजार जुडो हल परिसर : नेपाल, एचपी र ओम।
तारकेश्वर नगरपालिकाको परिसर : नेपाल र एचपी।
चन्द्रागिरी नगरपालिका कार्यालय : लोकप्रिय, नेपाल, एचपी र श्रीमाया।
राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी : नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी।

निगमले ग्यास खरिद गर्न आउने उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने जनाएको छ। अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएका स्थानमा उपस्थित भएर ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।

यसअघि पनि ग्यास अभाव भएपछि निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न स्थानबाट ग्यास बिक्री–वितरण गरिएको थियो।

निगमले बजारमा एलपी ग्यासको आयात तथा बिक्री–वितरण भइरहेको जनाउँदै अनावश्यक रूपमा ग्यास मौज्दात नराख्न र आवश्यकताअनुसार मात्रै खरिद गर्न उपभोक्तालाई आग्रह गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका...
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।